४९ हजार ऋणीले पाए पुनर्कर्जा

४९ हजार ऋणीले पाए पुनर्कर्जा

काठमाडौं : कोभिड महामारीबाट प्रभावित विभिन्न क्षेत्रका ४९ हजार ऋणीले पुनर्कर्जा पाएका छन् । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७७।७८ मा कोभिड महामारीबाट पीडित भएका उद्योगी व्यवसायीको हकमा  पुनर्कर्जाको उपलब्ध गराउने व्यवस्था गरेको थियो । यो सुविधा ४८ हजार ८ सय ९० जना ऋणीले पाएका छन् ।

यो सुविधाअन्तर्गत ऋणीले विशेष पुनर्कर्जामा ३ प्रतिशत र साधारण पुनर्कर्जामा ५ प्रतिशत ब्याज तिरेर फेरि अर्को कर्जा लिन पाउने व्यवस्था गरिएको थियो । बैंक तथा वित्तीय संस्थाबाट यसअघि कर्जा लिएका यस्ता ऋणीको हकमा पुनः कर्जा दिन नेपाल राष्ट्र बैंकले १ खर्ब ४८ अर्ब ७५ करोड रुपैयाँबराबरको रकम स्वीकृत गरेको थियो । 

बैंक तथा वित्तीय संस्थाबाट एक पटक कर्जा लिइसकेका ऋणीले दोस्रो पटक कम (सहुलियत) ब्याजदरमा पुनः बैंकबाट ब्याज लिन पाउने सुविधालाई पुनर्कर्जा भनिएको हो । तर, यो सुविधा सबै ऋणीले उपयोग गर्न पाउँदैनन् । केन्द्रीय बैंकले कोभिडबाट प्रभावितलाई लक्षित गर्दै यो सुविधा दिएको हो ।  

राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ मा कोरोना महामारी तथा बन्दाबन्दीबाट प्रभावितलाई लक्षित गर्दै राहत स्वरूप अधिकतम २ खर्ब १२ अर्ब ८८ करोड रुपैयाँसम्म पुनर्कर्जा दिन सिलिङ तोकेको थियो । सिलिङअनुसार उपलब्ध गराउनै पर्छ भन्ने नरहेको सह प्रवक्ता नारायणप्रसाद पौडेलले बताए 
यस अवधिमा केन्द्रीय बैंक आफंैले ग्राहकको मूल्यांकनको आधारमा ३ सय ४० ऋणीलाई ४६ अर्ब १४ करोडको पुनर्कर्जा लिन स्वीकृत दिएको छ । यसमा विशेष ७ जनाले १ अर्ब ८ करोडको विशेष पुनर्कर्जा पाएका छन् । यस्तै ३ सय ३३ जनाले ४५ अर्ब ६ करोड बराबरको साधारण पुनर्कर्जा पाएका छन् । 

यस्तै वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई एकमुष्ठ ९२ अर्ब ३८ करोड रुपैयाँ पुनर्कर्जाको स्वीकृत गरिएको छ । यसबाट साढे ४८ हजार ऋणी लाभान्वित भएका छन् । यस्तै ‘घ’ वर्गका लघुवित्त कम्पनीबाट १० अर्ब २३ करोड बराबरको पुनर्कर्जा स्वीकृत भएको छ । 
हाल सञ्चालनमा रहेका ७२ वटा लघुवित्तमध्ये माग गरेका २८ वटा लघुवित्तले मात्रै पुनर्कर्जा सुविधा पाएका छन् । उक्त संस्थाले आफ्ना ग्राहकलाई कोभिड प्रभावित भएको मूल्यांकनको आधारमा यसको सुविधा दिने केन्द्रीय बैंकले जनाएकोे छ ।  

नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकहरूले ग्राहकलाई रकम दिन थालेको बताए । ‘यो एकै पटक आउँदैन । क्रमिक रूपमा पुनर्कर्जा स्वीकृत भएर आएपछि बैंकहरूले ऋणीलाई सुविधा उपलब्ध गराउँछन्,’ उनले भने । 

अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी करिब १२ अर्बको पुनर्कर्जा स्वीकृत पाएको ग्लोबल आईएमई बैंकले पुनर्कर्जा आएलगत्तै ग्राहकलाई उपलब्ध गराउन लागेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत महेश शर्मा पौडेलले बताए ।

‘अघिल्लो वर्ष धेरै पुनर्कर्जा दिएकाले  केन्द्रिय बैंकले पटक–पटक धेरै दिदैन । रकम स्वीकृत भएर आएपछि तुरुन्तै दिन्छौं,’ उनले भने, ‘हामीले पुनर्कर्जा कार्यविधिको मापदण्डअनुसार कोभिड प्रभावित ग्राहकलाई मात्रै यो सुविधा दिएका छौं ।’

पुनर्कर्जाका लागि माग गरेका सबैलाई यो सुविधा उपलब्ध नगराइएको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए । माग परेकामध्ये कोभिड प्रभावित योग्य ऋणीलाई छानेर दिइएको उनको भनाइ छ । 
‘पुनर्कर्जा सुविधा वितरणमा विभेद भएको छैन । केन्द्रीय बैंकले यो सुविधा उपलब्ध गराउनु बाहेक बैंक र वित्तीय संस्थाले उपयुक्त स्थानमा प्रदान गरिएको छ वा छैन भनेर अनुगमन पनि गरिरहेको छ । 
यसमा लघु, घरेलु तथा साना उद्यमअन्तर्गत २५ अर्ब १५ करोड बराबरको  पुनर्कर्जा उपलब्ध गरिएको छ ।  यस्ता ऋणीले ५ प्रतिशत ब्याजदरमा फेरि कर्जा लिन पाउने व्यवस्था गरिएको छ । पुनर्कर्जा कार्यविधिले उद्यमी स्वयम् कारोबार तथा व्यवसायमा संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाखसम्मको कर्जालाई ‘लघु, घरेलु तथा साना उद्यम कर्जा’ मानेको छ । 

कुनै विशेष क्षेत्रलाई प्राथमिकता दिने गरी प्रदान गरिने पुनर्कर्जालाई विशेष पुनर्कर्जा मानिएको छ । यसअन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम र व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनर्कर्जालाई राखिएको छ ।
लघु उद्यम र विशेषमा नपरेका र बैंकले समय–समयमा तोकेको सबै पुनर्कर्जालाई साधारण पुनर्कर्जा भनेर कार्यविधिले तोकेको छ । एकमुष्ट प्रदान गर्ने पुनर्कर्जाको अवधि बढीमा १ वर्षको मात्र हुने र यस्तो कर्जा नवीकरण हुने छैन । तर ग्राहक ऋणीअनुसार प्रदान गरिने पुनर्कर्जा भने कोभिडबाट अति प्रभावितलाई बढीमा १ वर्ष र मध्यम तथा न्यून प्रभावितलाई ६ महिनाका लागि दिइने उल्लेख छ । 

सबैभन्दा बढी पर्यटन क्षेत्रमा 
केन्द्रीय बैंक आफंैले ग्राहकको मूल्यांकनको आधारमा क्षेत्रगत कर्जा ४६ अर्ब १३ करोड स्वीकृत गरेको छ । यसमध्ये कोभिडबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रलाई  दिइएको छ । योअन्तर्गत २१ अर्ब ८० करोड २२ लाख रुपैयाँ बराबरको स्वीकृत भएको छ । 

यसपछि उत्पादनतर्फ ६ अर्ब ४३ करोड, निर्माणतर्फ ३ अर्ब ९७ करोड, औषधितर्फ ३ अर्ब ७८ करोड, शैक्षिकतर्फ ३ अर्ब १७ करोड, जलस्रोतमा २ अर्ब ६६ करोड  र यातायातमा १ अर्ब २७ करोड हाराहारीमा पुनर्कर्जा दिएको छ । यसबाहेकका यातायात, सञ्चार, कपडा, कृषि, मनोरञ्जन, ट्रेडिङलगायतका क्षेत्रमा १ अर्बभन्दा कमको पुनर्कर्जा स्वीकृत भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.