तुइन घटना: नेपालको बाटो हुँदै दोस्रोपटक घटनास्थल अवलोकन गर्दै छानविन टोली

तुइन घटना: नेपालको बाटो हुँदै दोस्रोपटक घटनास्थल अवलोकन गर्दै छानविन टोली

दार्चुलाः दार्चुलाको तुइन घटनाको छानविन गर्न आएको समिति शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत व्याँसको माल पुगेको छ । बिहीबार भारतीय बाटो हुँदै घटनास्थल पुगेको छानविन समितिको टोली शुक्रबार नेपालतर्फको घटनास्थल हेर्न हेलिकप्टरमार्फत त्यहाँ पुगेको हो ।

व्याँस गाउँपालिका २ मालघाटको स्थलगत निरीक्षण गर्न तथा पीडित परिवारसँग छलफल गर्न टोली गएको हो । बिहीबार नेपालतर्फ स्थलगत रुपमा टोली अध्ययन गर्न नआएको भन्दै स्थानीय र नेकपा विप्लव समूहका कार्यकर्ताले नारा जुलुस गरेका थिए ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन टोली गत मंगलबारदेखि दार्चुलामा छ । छानविन समितिमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् ।

साउन १५ गते माल गाउँबाट सदरमुकाम खलंगा आउने क्रममा ३३ वर्षीय जयसिंह महाकाली नदीमा वेपत्ता भएका थिए । धामी वेपत्ता भएको आठ दिनसम्म शव भेटिएको छैन। आफन्तले कूसको मूर्ति बनाएर अन्त्यष्टि गरिसकेका छन् । मृतकका आफन्तले पीडकलाई कारवाही र पीडित परिवारले उचित क्षतिपूर्ति, बालबच्चाको पालन पोषणको सुरक्षाको जिम्मा राज्यले लिनुपर्ने माग समेत गरेका छन् । यता अनुसन्धानमा आएको टोलीले अहिलेसम्म कुनै ठोस जनकारी भने दिएको छैन ।

समितिका सदस्य नै जान पाएनन् स्थलगत निरीक्षणमा

हेलिकप्टरमा चार जनाको मात्रै सीट क्षमता भएपछि समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी माल जान पाइनन् । भौगालिक कठिनाइका कारण हिँडेर जान नसकिने अवस्था आएपछि उनी नगएको बुझिएको छ । दार्चुला सदरमुकामबाट हिँडेर झन्डै १० घन्टा भन्दा बढी समय लाग्छ ।

यसवाहेक घटनास्थल अवलोकन तथा रिपोर्टीङका लागि पत्रकारलाई जान समेत दिइएको छैन । स्थानीय पत्रकारहरुले आफूहरुलाई घटनास्थलमा जान नदिएकोमा भारतीय पक्षसँग आक्रोश पोख्न थालेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.