सेना सधैं अजर–अमर !

सेना सधैं अजर–अमर !

काठमाडौं :

दुई थरी परिवार
सेना एउटा त
अर्को घर–संसार
नरित्तिने क्षितिजका तारा
प्रेरणाका रूप सारा
भविष्य, वर्तमान र भूत
देशका एक वीर सपूत
आत्माले छाडे पनि देह–घर

सेना सधैं रहन्छ अजर अमर

कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको ४५ औं दिनको पुण्यतिथिमा उनकी पत्नीले सामाजिक सञ्जालमा राखेका हरफ हुन् यी । पतिको सम्झनामा उनले मन छुने यी शब्दसँगै तस्बिरसमेत सार्वजनिक गरिन् । उक्त तस्बिरले जो कोहीलाई स्तब्ध बनाउँछ । 

फेसबुक र टिकटकमा राखेका तस्बिर र भिडियो हेर्ने हो भने उनले पतिलाई कति ‘मिस’ गरेकी छन् भन्ने सहजै अनुमान गर्न सकिन्छ । परिवारले मात्र होइन नेपाली सेना पूरै संगठनले पनि केसीको अभाव महसुस गरिरहेको छ । संगठनमा केसीका जुनियर र सिनियरहरू सहकर्मीले उनलाई काविल अधिकृतका रूपमा स्मरण गर्छन् । पेसागत रूपमा समेत अब्बल रहेको भन्दै उनका सहकर्मीहरू केसीलाई सम्झन्छ । उनले बंगलादेशबाट भर्खरै मात्र वार कलेज गरेका थिए । 

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौड्याल केसीलाई सहयोगी र मिलनसार व्यक्ति भनी सम्झना गर्छन् । भन्छन्, ‘नेपाली सेनाले असल सहकर्मी र दक्ष अधिकृत गुमाएको छ । संगठनका लागि केसी सम्भावना बोकेका अधिकृत थिए ।’

सहायक रथी केसीसहित नौ सैनिकले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रहरी अधिकारीले कर्तव्य पालनका क्रममा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक (एसपी) रामहरि शर्माको निधन भयो । गृह मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण विभागका एक जना अधिकृतले ज्यान गुमाएका छन् ।  नेपाल प्रहरीमा दुई जना प्रहरी नायव उपरीक्षकसहित १८ जनाले ज्यान गुमाएका छन् । सशस्त्र प्रहरी बलमा एक सशस्त्र प्रहरी निरीक्षकसहित ६ जना सशस्त्र प्रहरीले ज्यान गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.