प्रतिबन्धित फ्रान्सेलीको रहस्यमय नेपाल यात्रा: किन आए बारम्बार ?

प्रतिबन्धित फ्रान्सेलीको रहस्यमय नेपाल यात्रा: किन आए बारम्बार ?

काठमाडौँ: एक फ्रान्सेली नागरिकले रहस्यमय र शंकास्पद ढंगले नेपाल भ्रमण गरेको पाइएको छ । अध्यागमन कानुन उल्लंघन गरेका फ्रान्सेली नागरिक हेर्भ लउरेन्ट फेट्री नेपालबाट निष्कासित भएको तीन महिनामै नयाँ राहदानी लिएर पुनः नेपाल आए ।

फ्रान्सेली नागरिक लउरेन्टले २०७६ साउन ४ मा पहिलो पटक २१ एए ३५४५५ नम्बरको राहदानी लिएर नेपाल प्रवेश गरेका थिए । नेपाल आएपछि उनले भिसाको म्याद थपेनन् । लउरेन्ट ५ सय २५ दिन प्रवेशाज्ञा विना नै नेपाल बसे । त्यसपछि मात्र उनी भिसाको म्याद थप गर्न अध्यागमन विभाग गए । सोही क्रममा अध्यागमनका अधिकारीहरुले उनलाई पक्राउ गरे । अध्यागमन अधिकारीहरुले गैर कानुनी ढंगले नेपाल बसेपछि उनलाई पक्राउ गरेका थिए । गृह मन्त्रालयले २०७७ पुस ७ गते लउरेन्टलाई नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध लगाई निष्कासन गरेको थियो ।

एक वर्ष प्रतिबन्ध लगाइसकेपछि अर्को राहदानीमा किन शंकास्पद ढंगले लउरेन्ट पुनः नेपाल यसले थप रहस्य बढाएको छ । अर्को रहस्य के छ भने २०७६ साउन ४ मा एक महिनाको पर्यटक प्रवेशाज्ञामा नेपाल आएका लउरेन्ट ५ सय २५ दिन प्रवेशाज्ञा विना नै नेपाल बसे । त्यस बीचमा उनले कस कसलाई भेटे र कस्ता गतिविधिमा संलग्न भए त्यो विषय खुल्न सकेको छैन ।

निष्कासित भएको तीन महिनामै फ्रान्सेली नागरिक लउरेन्ट नयाँ राहदानीमा फेरी नेपाल प्रवेश गरे । दोस्रो पटक २०७७ चैत्र ४ गते १७ एफभी २१७४२ नम्बरको फ्रान्सेली अर्को राहदानीमा नेपाल आए । दोस्रो पटक नेपाल आएका लउरेन्टले भिसाको म्याद थपेनन् । झण्डै तीन महिना लउरेन्ट गैरकानुनी ढंले भिसा विना नै नेपाल बसे । त्यो समयमा उनी कहाँ गए र के के गरे न अध्यागमन विभागलाई थाहा छ न त सरकारी कुनै संयन्त्रलाई ।

गत असार ६ गते लउरेन्ट नयाँ राहदानीमा भिसा थप गर्न विभाग पुगे । सोही क्रममा अध्यागमन विभाग परिसरबाट नै उनी पक्राउ परे । अध्यागमन विभागका अनुसन्धान अधिकृत वैकुण्ठ रेग्मीले  ‘ओभरस्टे’ भएको बेला उनले गरेका गतिविधिहरको बारेमा अनुसन्धानबाट केही खुल्न नसकेको बताए । रेग्मीले अन्नपुर्णसँग भने,‘ भिसा थप गर्न आउँदा उनलाई तत्काल पक्राउ गरयौँ । अदालती प्रक्रियाबाट उनलाई निष्कासन गरेका छौँ ।’ अध्यागमनका अधिकारीहरुसँगको बयानमा उनले आफु मौरी विशेषज्ञ भएको र कृषि कर्मका लागि नेपाल आएको भनेका छन् । तर पर्यटक भिसामा आएका व्यक्तिले अरु कुनै व्यवसाय गर्न र अन्य कुनै काममा संलग्न हुन नपाउने अध्यागमन ऐनमा स्पष्ट उल्लेख छ ।

अध्यागमनका अधिकारीहरुले लउरेन्टको कागजपत्र हेर्नासाथ उही पुरानो व्यक्ति सहजै पहिचान गरे र तत्काल त्यहीँ उनलाई पक्राउ गरे । त्यसपछि अध्यागमन विभागले निष्काशन आदेश उल्लंघन गरेको अभियोगमा लउरेन्ट विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरे । काठमाडौँ जिल्ला अदालतले दुइ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने आदेश गर्‍यो । गृह मन्त्रालयले अदालतको आदेश वमोजिम लउरेन्टलाई दुइ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाएर निष्कासन गर्‍यो। लउरेन्ट अहिले फ्रान्स पुगिसकेको अध्यागन अधिकारीहरुले बताएका छन् ।

गृह मन्त्रालयले विदेशी नागरिकको अवाञ्छित गतिविधि नियाल्न विदेशी नागरिक अनुगमन निर्देशिका समेत बनाएको छ । तर विदेशी नागरिक अनुगमन निर्देशिकाको प्रभावकारी कार्यान्वयन नहुँदा विभिन्न स्वार्थले नेपाल आएका विदेशी नागरिकहरु निस्फिक्री आफ्ना गतिविधिहरु संचालन गरिरहेका छन् । अवैध ढंगले नेपाल बस्दैआएका त्यस्ता विदेशीहरुको गतिविधिले मुलुको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष असर पार्ने सम्भावना बढेको बताइन्छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.