स्याललाई हानेको गोली लागेर छोराको मृत्यु
तानसेन : आफ्नै बावुले चलाएको भरुवा बन्दुकको गोली लागेर छोराको मृत्यु भएको छ। मकैबारीमा आएको स्याल धपाउन भरुवा बन्दुक पड्काउँदा बारीमा काम गरिरहेका छोराको बन्दुकको गोलीको छर्रा लागि मृत्यु भएको हो।
मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका-६ का ठिमुरे तल्लो तालका ३५ वर्षीय धनबहादुर लम्तरी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।
शुक्रबार बावु कर्णबहादुर लम्तरीले बेलुका ६ बजे मकैबारीमा आएको स्याललाई धपाउन भरुवा बन्दुक पड्काएका थिए। स्याललाई ताकेको बन्दुकको छर्राले घरदेखि नजिकै मकै बारीमा काम गरिरहेका छोराल धनबहादुरलाई लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !