२७ बैंकको नाफा ६३.३७ अर्ब

२७ बैंकको नाफा ६३.३७ अर्ब

काठमाडौं : कोभिडप्रभावित उद्योग तथा व्यवसायलाई राहत दिनुपर्ने नीतिगत व्यवस्था भए पनि बैंकहरूको कमाइ सन्तोषजनक देखिएको छ। २७ वाणिज्य बैंकले २०७७/७८ मा ६३ अर्ब ३७ करोड रुपैयाँ नाफा गरेका छन्। अघिल्लो वर्षको तुलनामा गत आवको कुल नाफा २०.०२ प्रतिशतले बढेको हो। यो भनेको १० अर्ब ५७ करोड रुपैयाँले बढी हो। किनभने, अघिल्लो आवमा ५२ अर्ब ८० करोड रुपैयाँ हाराहारी नाफा भएको थियो।

समग्रमा नाफा वृद्धि भएको देखिए पनि वृद्धिदरमा भने थोरै संकुचन आएको छ। कोभिडप्रभावितलाई लक्ष्य गरी सेवासुविधा दिनुपरेकाले नियमित ब्याज आम्दानी(लगायतमा अपेक्षाअनुसार नभएकाले यसो भएको बैंकर बताउँछन्।

नबिल बैंक सबैभन्दा बढी ४ अर्ब ५० लाख ४४ लाख रुपैयाँ नाफा गर्न सफल भएको छ। उसले अघिल्लो वर्ष ३ अर्ब ४६ करोड कमाएको थियो। यसबीच नबिलको नाफा वृद्धिदर ३०.०६ प्रतिशत देखिएको छ।

दोस्रा स्थानमा रहेको ग्लोबल आईएमई बैंकले ४ अर्ब १२ करोड ६५ लाख कमाएको छ। अघिल्लो वर्ष उसको नाफा २ अर्ब ९० करोड थियो। यसपछि क्रमशः राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ७९ करोड ५४ लाख, कृषि विकास बैंकले ३ अर्ब ६९ करोड, नेपाल इन्भेस्टमेन्टले ३ अर्ब ६५ करोड, नेपाल बैंकले ३ अर्ब, प्राइम र एनआईसी एसिया बैंकले ३ अर्ब २५ करोड कमाएका छन्। यसबाहेक २ अर्बदेखि ३ अर्बसम्म कमाउनेमा कुमारी, प्रभु, सानिमा, नेपाल बंगलादेश, मेगा, एनएमबी, सिद्धार्थ र हिमालयन छन्। १ अर्बदेखि २ अर्बसम्म कमाउनेमा नेपाल क्रेडिट एन्ड कमर्श, स्ट्यान्डर्ड चार्टर्ड, सनराइज, बैंक अफ काठमाडौं, लक्ष्मी, सिटिजन्स, माछापुच्छ«े र एभरेस्ट छन्। सिभिल, सेन्चुरी र नेपाल एसबीआई ५६ करोडदेखि १ लाखसम्म नाफा गर्न सफल भएका छन्।

यसबीच २२ वाणिज्य बैंकको नाफा वृद्धिदर सकारात्मक देखिएको छ। तर, ५ वटाको अघिल्लो वर्षको तुलनामा कम हुँदा वृद्धिदर घटेको छ। यसमा नेपाल एसबीआई, स्ट्यान्डर्ड चार्टर्ड, एभरेस्ट, राष्ट्रिय वाणिज्य बैंक छन्।

गत आवमा बैंकहरूले कमाएको नाफा नीतिगत व्यवस्थामा कडाइ नभएको भए अझै बढ्ने देखिन्छ। यद्यपी समग्र मुलुकका लागि बैंकहरूले योगदान गरेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले बताए। ‘बैंकहरूको नियमितभन्दा पनि अन्य सञ्चालन आम्दानी भयो। अधिकांश बैंकले शेयरमा लगानी गरेकाले यसलाई बेचेर राम्रो आम्दानी गरेका थिए। यसबाट कमाउन सम्भव भएको हो’, उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘यसपाली अघिल्लो वर्ष भएको कर्जा नोक्सानी तथा प्रोभिजनिङ यसपटक धेरै बैंकको फिर्ता भएर नाफामा जोडिएको छ। यसकारण पनि बढ्न मद्दत पुगेको हो।’

कृषि विकास बैंकका प्रवक्ता हेमलाल पौडेलले राष्ट्र बैंकले असल वर्गको कर्जा १ प्रतिशत कर्जा प्रोभिजनलाई ०.३ बिन्दुले बढाउँदा नाफामा थोरै असर गरेको बताए। ‘प्रोभिजन गर्नु संस्थाका लागि राम्रो पनि हो। यसबीच नाफा संगै लाभांश क्षमता पनि राम्रै छ।  अन्य वित्तिय सुचकांक पनि राम्रो छन्’, उनले भने।

एनआईशी एशिया बैंकका जनसम्पर्क विभाग प्रमुख अर्जुन राज खनियाँले कोभिडको प्रभाव समग्र अर्थतन्त्रमा परेको बताए। ‘यस्तो संकटको घडीमा पनि हामीले राम्रो पर्फर्मेन्स ग¥यौं। नियमित कर्जाको व्याज आम्दानीभन्दा पनि बहुआयामीक आम्दानीको स्रोत भएकाले नाफा र सबै व्यवस्थापन गर्न सकेका हौं,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.