‘नेपाल आइडल’को चौथो संस्करण : निर्णायक परिवर्तन, अब को-को ?

‘नेपाल आइडल’को चौथो संस्करण : निर्णायक परिवर्तन, अब को-को ?

काठमाडौं : नेपाल आइडलको चौथो संस्करणको निर्णायक परिवर्तन भएका छन्। नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो र सफल गायन रियालिटी सो नेपाल आइडलले सिजन फोरका लागि नयाँ निर्णायक भित्र्याएको हो। 

नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान रहेका छन्। उनीहरुले नेपाल आइडल परिवारको सदस्य भएर काम गर्ने अवसर पाएकोमा खुसि व्यक्त गरेका छन्।

नेपाल आइडलको सिजन-३ सम्म न्ह्‍यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए। कार्यक्रमको प्रस्तोतामा आसिफ शाह र रेश्मा घिमिरे रहेका छन्। यस अगाडिका निर्णायक र प्रस्तोता अर्कै कार्यक्रममा व्यस्थ रहेकाले व्यवस्थापन समितिले नयाँ निर्णायक टीम चयन गरेको हो।

नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो र सफल गायन रियालीटी सो नेपाल आइडलले सिजन फोरका लागि डिजिटल अडिसन भदौ १ गतेदेखि सुरु भएको छ। 

कोरोनाका कारण प्रभावित रियालिटी शोको नयाँ संस्करणलाई अघिल्ला सिजनभन्दा सशक्त रुपमा ल्याउने तयारी गरेको प्रोडक्सन टिमले सुरुमा डिजिटल अडिसनमा जाने निर्णय गरेको हो। डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउने छन्। एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको नेपाल आइडलको चौथो संस्करणको अडिसन पहिलेभन्दा फरक र पृथक ढंगले गर्न लागेको हो। 

कसरी दिने अडिसन ?
नेपाल आइडलको चौथो संस्करणका लागि डिजिटल अडिसन घरमै बसेर दिन सकिनेछ। अडिसनका लागि मोवाइलको प्ले स्टोरमा गएर एपी वन एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ। अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरी त्यहाँ मागिएको विवरण भर्नुपर्नेछ र आफ्नै स्वरमा गाएको दुई वटा फरक विधाका गीत अपलोड गरी अडिसन दिन सकिनेछ। भदौ १ गतेदेखि सुरु हुने डिजिटल अडिसन भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ। नेपाल आइडल प्रोडक्सन युनिटले नयाँ सिजनका लागि सबै तयारी पूरा भएको जनाएको छ।

आइतबार मात्र एपीवान टेलिभिजन, नेपाल आइडल र ब्रान्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलबीच नयाँ सिजनको बजार व्यवस्थापनसम्बन्धी सम्झौता भएको थियो। त्यसलगत्तै डिजिटल अडिसन सुरु गर्न लागिएको हो। 

कोरोना महामारीकै समयमा दर्शकलाई गीत संगीतबाट मनोरञ्जन दिने र उत्साह जगाउने उद्देश्यसहित डिजिटल अडिसन गर्न लागिएको नेपाल आइडलले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.