अनलाइन कक्षा, आँखामा समस्या

अनलाइन कक्षा, आँखामा समस्या

स्याङजा : आयुष केसी रोशनी आवासीय माविको कक्षा १ मा अध्ययनरत विद्यार्थी हुन्। विद्यालय दखुलेका कारण उनी अनलाईन कक्षा मार्फत् पढिरहेका छन्।

६ बर्षिय अयुषको आजकल पढ्दा पढ्दै आँखा र टाउको दुख्न थालेको छ। ‘ल्यापटपमा हेरिरहनुपर्दा समस्या हुन थालेको छ,’ आयुष भन्छन्,  ‘एकछिन बिश्राम लिन्छु, अलि सहज हुन्छ, अनि फेरि पढ्न थाल्छु। विद्यालयले प्रत्येक ३० मिनेटको कक्षा सकिएपछि १० मिनेट बिश्राम दिने गरेको छ। तर, पनि १० देखि ४ बजेसम्म मोवाइलमा साना अक्षर हेरेर पढ्दा निकै गाह्रो हुने हिमालयन आवासिय माविमा अध्ययरत बिद्या अर्याल बताउँछिन्। मोबाइलमा पढ्न थालेपछि उनलाई पनि आँखा र टाउको दुख्ने समस्या हुन थालेको छ। 

हिजो आज धेरै बालबालिकाका गुनासा यस्तै हुनेगरेको अभिभावकको भनाइ छ।  अनलाइन कक्षा लिइरहेका बालिकाकामा आँखा र टाउको दुख्ने समस्या देखिएको हो। कोरोका महामारीका कारण विद्यालयले भर्चुअल बिधिबाट पढाउने, परिक्षा लिने र आवश्यकता अनुरुप अभिभावकसंग पनि छलफल गर्ने गरेका छन्। भर्चुअल बैठकमा सहभागी अधिकांश अभिभावकले नानीमा आँखा र टाउको दुख्नेलगायत समस्या सुनाएको हिमालयन माविका प्रिन्सिपल हरिप्रसाद अर्यालले बताए। 

‘ध्यान दिएर नपढ्ने, भिडियो अफ र आवाज म्यूट गरेर अन्य खेल खेल्ने, छोराछोरीकै गार्ड भएर आफुहरू बस्नु पर्ने, अक्षर नचिन्ने अभिभावकलाई झनै गाह्रो बनाएको अभिभावक गुनासो छ,’ अर्यालले भने, ‘कतिपयमा टोलाउने, एकोहोरिने समस्या समेत हुन थालेछ।’ सबै अभिभावकसंग स्मार्ट फोन छैनन्। ‘घरमा भएको एउटा मोवाइल एक जनालाई ठिक्क हुन्छ अर्कोले पढ्नै पाउदैन यो पनि धेरैको समस्या हो,’ रोशनी माविका शिक्षिका सीता मरासीनीले भनिन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.