दार्चुला बाढी अपडेट : तीनजनाको मृत्यु, दुई बेपत्ता

दार्चुला बाढी अपडेट : तीनजनाको मृत्यु, दुई बेपत्ता

दार्चुला : दार्चुलामा आइतबार आएको बाढि र पहिरोमा परी अहिलेसम्म तीनजनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन् । बाढिपहिरोमा परि दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति भएको छ ।

पहिरोले घर पुरिँदा दुहुँ गाउँपालिका-१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशा महरको मृत्यु भएको प्रहरी प्रमुख मनोहर भट्टले बताए । यस्तै दुहुँ गाउँपालिकाको ५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको छ। कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डडाललाई घरैसहित बगाएको हो । 

यो क्षेत्रमा पाँचवटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशिले बताए । उनले भने, वडा नम्बर ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन् । निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की वेपत्ता भएका छन् । 

दुहुँ ३ को श्रीबगडमा निजाङगाडले पूर्ण बहादुर बम, नरेन्द्र बहादुर बम, दिपक बम, रणबहादुर बम, धिरेन्द्र बम, शेरबहादुर बमको घर बगाएको छ । यस्तै महाकाली नगरपालिका १ को श्रीबगडमा देव बहादुर बम, अमरबहादुर बम, सुन्दर बहादुर बम र जित बहादुर बमको होटल तथा पसल बगाएको छ । 

अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीय पुगेका छन् । बाटोघाटो नहुदा उद्दार कार्यमा ढिला भएको महाकाली नगरपालिकाका नगर प्रमुख हन्श राज भट्टले बताए । उनले भने,  अहिले यो क्षेत्रमा तुइन लगाएर भए पनि समान सार्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.