गौराको रौनक

गौराको रौनक

धनगढी : कोरोना कहरकैबीच सुदूरपश्चिममा गौरा पर्व मनाइएको छ। गौरा सुदूरपश्चिम प्रदेशको मौलिक पर्व हो। गौराअन्तर्गत सोमबार अठेबाली मनाइएको छ। पञ्चमीबाट सुरु हुने गौरा पर्वमा अठेबाली महत्वपूर्ण मानिन्छ। 

अठेबालीमा भिजाइएको विरुडाले टाउकामा पूजन गरी सुस्वास्थ्य एवं दीर्घायुको कामना गरिन्छ। यसैगरी नजिकको गौरा मन्दिरमा पूजाआजा गर्ने गरिन्छ। सोमबार अधिकांश गौरा मन्दिरहरूमा महिलाहरूले पूजाअर्चना गरेका छन्।

भागवान शिवलाई पतिका रुपमा पाउन पार्वतीले गरेको कठोर तपस्यादेखि नै गौरा पर्वको सुरुवात भएको शिवपुरी धामका पुजारी हरिनारायण भट्टले जानकारी दिए। ‘शिवलाई पतिका रुपमा पाउनका लागि माता पार्वतीले कैलाशमा कठोर तपस्या गर्नुभयो। १२ वर्षको तपस्यापछि शिवलाई पतिका रुपमा पाउनु भयो। त्यसैले गौरामा पनि शिव पार्वतीका विवाहलगायतका गाथाहरू गाइन्छ।’ 

शिवपुरी धामकै अध्यक्ष बलदेवप्रसाद भट्टले शिव पार्वतीको विवाहको कथा भए पनि यो पर्व सुदूरपश्चिममा मात्र मनाइने भएकाले यस प्रदेशको मौलिक पर्व भएको बताए। ‘यो सामाजिक सदभाव, पारिवारिक मिलनको पर्व हो’, उनी भन्छन्। सुदूरपश्चिमका अधिकांश जिल्लामा अहिले पनि प्रशासनले निषेधाज्ञा जारी गरेको छ। कोरोनाका बिरामीको संख्या नघटेपछि प्रशासनले स्वास्थ्य मापदण्ड पूरा गर्दै नित्य पूजा गर्न छुट दिएको छ। शुक्रबार विरुडा भिजाएर गौराको विधिवत सुरुवात भएको हो। गुराउस, केराउ, गहत, गहुँ र मास गरी पाँचवटा अनाजलाई सुदूरपश्चिमको भाषामा विरुडा भनिन्छ। अंकुराएको यो पञ्चअनाजले परिवार एवं आफन्तको पूजा गरेमा दीर्घायु हुने विश्वास छ।

‘गौरामा पञ्च विरुडाले आफन्तको पुजन गरिन्छ। भगवानलाई पारिवारिक सुखका लागि प्रार्थना गरिन्छ। यसरी टाउको पुजन गरेमा दीर्घायु हुने विश्वास छ’ ब्रतालु कलावती भट्टले भनिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.