यत्रतत्र भेटिए शव, कुकुरसहितको प्रहरी टोली आउँदै

यत्रतत्र भेटिए शव, कुकुरसहितको प्रहरी टोली आउँदै

खाँदबारी : संखुवासभाको मादि नगरपालिका-१, खोला गाउँमा विभत्स हत्या भएको घटनाको अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलतर्फ आउँदै छ ।

अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वको टोली आउने क्रममा रहेको घटनास्थलबाट इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

प्रहरी निरीक्षक खतिवडाले भने, 'एकै परिवारको शव यत्रतत्र छरिएको अवस्था छ ।’ घटनका बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ । घटनास्थल  सुरक्षित राखिएको छ, टोली आएपछि घटनामा संलग्न र घटनाको वास्तविकता चाँडै बाहिर ल्याइने उनले बताए। 

घटना भएको घरमा रहेका ८५ वर्षीय बौदमान कार्की भने सकुशल नै छन् । बेलुका खाना खाएर सुतेको र बिहान छिमेकीले घटनाबारे जानकारी दिएपछि मात्र घटनाबारे जानकारी पाएको वृद्धा कार्कीले बताएको प्रहरीले जनाएको छ । 

वृद्ध कार्की कान कम सुन्ने भएकाले घटनाका बारेमा थाहा नपाएकी हुन् । उनीकी श्रीमती ८४ वर्षीया पार्वता कार्की भने घरैमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।५८ वर्षीय छोरा तेजबहादुर कार्कीको शव घर नजिकैको सडकमा भेटिएको हो ।

तेजबहादुरकी ५२ वर्षीय कमला र बुहारी ३२ वर्षीया रञ्जना कार्कीको शव घर नजिकैको खोल्सामा भेटिएको हो। नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव करिब ५ सय मिटर घरमाथिको खरबाखरीमा भेटिएको प्रहरी निरीक्षक खतिवडाले बताए । 

बौदमान कार्कीका १० परिवारमध्ये ६ जनाको हत्या भएको हो। घरमा रहेका बौदमान सकुशल नै छन् । उनका नाती मृतक रञ्जनाका श्रीमान रमेश कार्की वैदेशिक रोजगारीका लागि मलेसियमा छन् । 

अर्का नाती नरेश रोजगारीका लागि दुवइमा छन् । नरेशकी श्रीमती तारा भने झापामा बस्दै आएको आफन्तले जनाए । घटनाको कारणबारे खुल्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.