संयुक्त प्रगतिशिल सरकार गठनबारे छलफल

संयुक्त प्रगतिशिल सरकार गठनबारे छलफल

गोरखा : गत शुक्रबारदेखि सुरु भएको विप्लव नेतृत्वको नेकपाको ११ औँ पूर्ण बैठक आइतबार तेस्रो दिन पनि बन्दीपुरमा जारी छ । प्रतिवन्ध फुकुवापछिको पहिलो बैठकमा महासचिव नेत्रविक्रम चन्द(विप्लव)ले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि छलफल भइरहेको बैठकमा सहभागी गोरखा जिल्ला सचिव कपिल भट्टले जानकारी दिए ।

महासचिव विप्लवले पहिलो दिन संयुक्त प्रगतिशिल सरकार गठन गर्नुपर्ने प्रस्ताव पेश गरेका थिए । मुलुकलाई यो व्यवस्थाले सहज निकास दिन नसकेको भन्दै उनले वैज्ञानिक समाजवाद नै अबको निकास भएको राजनीतिक प्रस्ताव पेश गरेका थिए ।

त्यस्तै, संविधान सभाबाट जारी भएको यो संविधान पूर्ण नरहेकाले यसलाई विघटन गरी जनमत संग्रह गर्नुपर्ने प्रस्ताव समेत पेश गरेका थिए । महासचिवले शुक्रबार पेश गरेको प्रस्तावमाथि शनिबार आइतबार छबलफल सम्पन्न गरी सोमबार निश्कर्ष निकालेपछि बैठक सम्पन्न हुने गोरखाका सचिव भट्टले जानकारी दिए ।

बैठकको अन्तिम दिन मंगलबार अबको राजनीतिक कार्यदिशा सार्वजनिक गर्ने कार्यक्रम रहेको उनले बताए । साथै अहिले पार्टीमा पोलिटब्यूरोको संरचना नरहेकाले यो पुनर्गठन हुनसक्ने अनुमान गरिएको छ ।

सरकारले लगाएको प्रतिबन्ध गत फागुन २१ मा फुकुवा भएको थियो । ओली सरकारसँग ३ बुँदे सहमतिपछि खुल्ला राजनीतिमा सक्रिय नेकपाको यो बैठकले पार्टीको आगामी कार्यदिशा, राजनीतिक एजेन्डा, रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ । 

बैठकमा महासचिव विप्लवलगायतका कार्यालय सदस्यहरु खड्कबहादुर विश्वकर्मा(प्रकाण्ड), धर्मेन्द्र वास्तोला(कञ्चन), हेमन्तप्रकाश ओली(सुदर्शन), सन्तोष बुढामगर(बिषम) लगायत केन्द्रीय सदस्य, जिल्ला इञ्चार्ज तथा सचिवहरु सहभागी छन् ।

तनहूँको बन्दीपुरस्थित बन्दीपुर माउण्टेन रिसोर्टमा जारी बैठकका सहभागीहरु आसपासका घर तथा होटलहरुमा बसेका छन् । सहभागीलाई बैठकभित्र मोबाइल बोक्न तथा फोटो खिच्न  निषेध गरिएको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.