भन्सार छली ल्याएका कपडासहित दुई पक्राउ

भन्सार छली ल्याएका कपडासहित दुई पक्राउ

धनुषा : धनुषाको सिमा नाकाबाट भन्सार छली गरी जनकपुरतर्फ ल्याउँदै गरेको ठूलो परिमाणमा अवैध कपडासहित दुई जनालाई पक्राउ गरिएको छ। बुधबार जनकपुरधाम उपमहानगरपालिका-७ स्थित माछा बजारमा जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी जिरोमाइलबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याउँदै गरेको लाखौं रकम बराबरको अवैध कपडा बरामद गरेको धनुषा प्रहरीले जनाएको छ।

जनकपुरतर्फ आउँदै गरेको ज.१ च. ११११ नम्बरको बोलेरो पिकअप गाडी रोकेर चेकजाँच गर्दा भारतबाट ल्याएको ५ लाख ६१ हजार बराबरको विभिन्न किसिमको लत्ताकपडा ५ पोकासहित दुई जनालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

पक्राउ पर्नेमा गाडी चालक झापाको दमक नगरपालिका-४ बस्ने ४० वर्षीय ओमबहादुर दर्जी र गाडीमा सवार जनकपुरधाम उपमहानगरपालिका-१० बस्ने ४० वर्षीय मुकेश साह रहेका छन्। उनीहरु दुवै जनालाई रित पुर्वक बरामद गरिएको भन्सार छलीका सामान र गाडीसहित आवश्यक कारबाहीका लागि धनुषास्थित जनकपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.