झापामा 'दिलमाया स्मृति कप–२०७८' हुने

झापामा 'दिलमाया स्मृति कप–२०७८' हुने

झापा : झापा जिल्ला क्षेत्र नं. ४ वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ। बुद्धिमान साँवा लिम्बुको प्रायोजन तथा साँवा परिवारको संरक्षणमा दिलमाया स्मृति कप हुने सोमबार सुरुङामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एलपी साँवाको स्वर्गीय माता दिलमायाको सम्मानमा फुटबल प्रतियोगिता आयोजना गरिएको हो।

नेपाल खेलकुद महासंघको आयोजनामा हुने फुटबल प्रतियोगितामा झापा क्षेत्र नं. ४ का २८ वटा वडाका टिमले प्रिसेलेक्शन म्याच खेल्ने आयोजक समितिका संयोजक सुनिल भेटवालले जानकारी दिए। उनका अनुसार असोज १२ गतेबाट प्रिसेलेक्शन म्याच हुने छन्। त्यसबाट छनोट भएका ८ वटा टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्ने संयोजक भेटवालको भनाइ छ।

क्वाटर फाइनलका खेल कार्तिक ८ गतेबाट सञ्चालन गरिने खेल आयोजक समितिका संयोजक भेटवालले जानकारी दिए। दिलमाया स्मृति कप–२०७८ को फाइनल खेल कार्तिक १६ गते दूधेको खेल मैदानमा हुने छ। उपाधि विजेताले २ लाख २५ हजार नगर तथा ट्रफी, मेडल पाउने छ। 

द्वितीय पुरस्कार १ लाख २५ हजार, क्वाटर फाइनलबाट बाहिरिने ४ टिमले १५/१५ हजार , सेमी फाइनलबाट बाहिरिने टिमले २५/२५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। खेल व्यवस्थापन संयोजकको जिम्मेवारी गजेन्द्र ताम्ली लिम्बुलाई प्रदान गरिएको छ।

पत्रकार सम्मेलनमा स्वर्गीय दिलमायाका छोरा एलपी साँवाले आमाको स्मृति एवम् सम्झनामा फुटबल आयोजना गरेको बताएका छन्। उनले दिलमाया स्मृति कपको प्रायोजनमा १६ लाख ७० हजार रुपैयाँ गरिने जानकारी दिए। साँवाले भने, ‘लिम्बु समुदायमा चौतारा बनाएर दिवंगत व्यक्तिको सम्झना गरिन्थ्यो, अहिले समयसँगै सम्झनाको स्वरुप बदलिएको छ। त्यसैले आमाको सम्झनामा फुटबल आयोजना गरेका हौं।’ प्रतिनिधिसभा सदस्य एवम् एमाले नेता साँवाले कोरोना महामारीले आम नागरिकको जीवन समस्या परेकोले सामान्य जीवनतर्फ फर्काउन फुटबल महत्वपूर्ण हुने बताए। उनले झापा क्षेत्र नं. ४ का आम नागरिक, फुटबलप्रेमी, सामाजिक संघ संस्था, राजनीतिक दलले कार्यक्रम भव्य र सभ्य बनाउन सहयोग गर्ने विश्वास गरेका छन्।

पत्रकार सम्मेलनमा एमाले नेता शिव ढुङ्गेल, अखिल नेपाल फुटबल संघ झापाका अध्यक्ष भगीरथ आले मामा लगायतले शुभकामना मन्तव्य राखेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.