सरकारले बेवास्ता गर्दा नेपाली फिल्म प्रदर्शनमा अन्यौलता

सरकारले बेवास्ता गर्दा नेपाली फिल्म प्रदर्शनमा अन्यौलता

काठमाडौं : सरकारले सिनेमा क्षेत्रलाई गम्भीरतापूर्वक नलिँदा फिल्म प्रर्दशनमा अन्यौलता आएको निर्माता संघ बताउँछन्। कोरोनाको कारण थलिएको सिनेमा क्षेत्र डुबेको खण्डमा सरकारले यसलाई बचाउनुपर्ने संघका अध्यक्ष आकाश अधिकारीको दाबी छ।

सरकारले सहुलियत नदिएसम्म फिल्म नदिने निर्माता संघले निर्णय गरेको छ। सरकारले ५० प्रतिशत बजेटमा ग्यारेन्टी दिनुपर्ने अधिकारी बताउँछन् । धेरै लगानीमा बनाएका फिल्महरु हलमा प्रर्दशन भएपछि दर्शक नआउलान्, प्रचारप्रसारमा समस्या भयो भने यसको जोखिमको जिम्मेवारी कसले लिने भनेर नै नेपाली फिल्म नदिने संघले जनाएको छ। 

'फिल्म प्रर्दशन भएको ६ महिनासम्म सरकारले ५० प्रतिशत बजेटको ग्यारेन्टी लिए हामीले आधा नै ग्यारेन्टी लिन्थ्यौं तर सरकारले त्यो माग पूरा नगरेसम्म फिल्म दिन सकिंदैन', अधिकारीले भने। सरकारको निर्णयको प्रतिक्षामा रहेको उनले बताए। 

नेपाली फिल्म प्रदर्शनबारे बोर्डसँग दुई दिनपछि छलफल हुने निर्माता संघका अध्यक्ष अधिकारी बताउँछन्। उनका अनुसार सरकारसँग बारम्बार माग गर्दा पनि आश्वासन मात्र देखाएको अधिकारी बताउँछन्। सिनेमा क्षेत्र डुब्दा भाषा, कला, साहित्यमा समस्या आउन सक्ने भन्ने कुरालाई सरकारले बुझ्न आवश्यक रहेको अधिकारीको भनाइ छ। 

संघका सदस्यहरुको इच्छा अनुसार नै फिल्म प्रदर्शन हुन सक्ने उनले बताए। ३५ फिल्महरु सिनेमा हलमा जाने अवस्थामा रहेका छन्। सरकारले महामारीको त्राश कम भएसँगै सबै फिल्म हल खुलाउन अनुमति दिए। तर सरकारको निर्णयमा फिल्मकर्मीहरु सहमति भएनन्। हल सञ्चालकले सिनेमा क्षेत्रलाई चलायमान बनाउनको लागि नेपाली फिल्म नै प्रदर्शन हुनुपर्ने दाबी छ। 

नेपालमा कोरोना भित्रिएसँगै चलचित्र क्षेत्र पनि सुस्ताएको छ। कोरोनाको त्राश कम भएसँगै सरकारले काठमाडौंमा भने हल खुलाउन अनुमति दियो। अनुमती दिएसँगै ५० प्रतिशत सिट मात्रै राखेर सञ्चालन गर्न भनेपछि पनि फिल्मकर्मीहरुले फिल्म प्रदर्शन नगर्ने बताएका हुन्। 

फिल्मकर्मी, हल संचालकले सबै ठाँउमा हल खुल्न नदिएसम्म फिल्म प्रदर्शन नगर्ने बताएका थिए। फेरि सबै मुलुकमा हल खुलाउन अनुमति दिए पनि फिल्मकर्मीले जोखिमको जिम्मेवारी नलिएसम्म फिल्म प्रदर्शन नगर्ने भए। फिल्म निर्माता संघले नेपाली फिल्म नदिएपछि विदेशी फिल्म प्रर्दशन गरेरै हल खुलाउने मल्टिप्लेक्स हल सञ्चालकहरुले निर्णय गरेका थिए। 

मल्टिप्लेक्स हल संचालक जीवन शाक्यले चलचित्र निर्माता संघलाई बारम्बार पहल गर्दा पनि उनीहरुले फिल्म नदिएपछि विदेशी फिल्मलाई प्रर्दशन गरिने बताएका छन्। ‘हलमा अर्बौं रकम घाटा भएको छ। जसरी पनि हललाई चलायमान बनाउनुपर्ने छ। अंग्रेजी र हिन्दी दुबै फिल्म भए पनि प्रर्दशन गरेर हल सञ्चालन गर्ने नै हो अब ’, उनले भने। 

उनका अनुसार भ्याट, टिकटमा सेयर बढाइदिन्छौं भन्दा पनि निर्माता संघले फिल्म नदिने भनेका थिए।

चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहालले फिल्म प्रदर्शनको लागि बोर्डले सहयोग गर्ने बताउँछन्। बोर्डले के कसरी सहयोग गर्ने भन्ने कुरा खुलाएका छैनन्। तर अहिले फेरि चलचित्र संघले असोज २१ गतेबाट देशभर सिनेमा हल खुलाउने बताएको छ। आइतबार बसेको बैठकले संघका महासचिव असोक शर्माको संयोजकत्वमा चलचित्र प्रर्दशन व्यवसायी समिति गठन गर्दै ६ बुंदे निर्णय जारी गरेको थियो। सिनेमा हल खुलेसँगै नेपाली फिल्म प्रदर्शन मिति तोकिएको समयमा अर्को नेपाली फिल्म प्रदर्शन गर्न नपाइने पनि निर्णय गरेको छ। तर नेपाली फिल्म कहिलेबाट  प्रदर्शन गर्ने भन्ने चाहीं संघले पनि टुङ्ग्याउन नसकेको देखिन्छ। हल खुलाएको सुरुको दिन अंग्रेजी फिल्म ‘फास्ट एण्ड फ्युरिसियस’ नै देखाइने भएको छ। शर्माको अनुसार त्यसपछि मात्रै नेपाली फिल्म प्रदर्शन हुन सक्नेछ। 

काठमाडौं उपत्यकामा २७ हल छन्। जसमा जय नेपाल, कुमारी हल सधैँको लागि बन्द भइसकेका छन्। फिल्महरु नभएपछि नयाँ हलहरु संचालन नभएको उनले बताए। त्यसैले हल घाटामा जानुभन्दा विदेशी फिल्म प्रर्दशन गरेर भए पनि चलायमान बनाउनुपर्ने उनले भने। अब एक तारिखदेखि नै विदेशी फिल्म हलमा प्रर्दशन गरिने उनले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.