मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

ढल्केवर : धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीजनाको मृत्यु भएको छ। बुधबार दिउँसो धनुषाको औरहीबाट जनकपुर जाँदै गरेको ज.९ प. १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ जनकपुरधाम–१८ स्थित खोल्सीमा खस्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–११ का २२ वर्षीय कुनालकुमार साह रहेका छन्। अन्य दुईजना सनाखत हुननसकेको डीएसपी बस्नेतले बताए। उनका अनुसार मृतक तीनैजनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.