चाडपर्व लक्षित प्रहरीकाे सुरक्षा याेजना

चाडपर्व लक्षित प्रहरीकाे सुरक्षा याेजना

बर्दिवास : नेपालीहरुको महान चाड दशैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर महोत्तरीको बर्दिवासमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। चाडपर्वमा हुने चोरी, डकैती, लुटपाट, लागुऔषध कारोबार, झैझगडालगायतका क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा व्यवस्था मजबुत बनाएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। राजमार्ग क्षेत्रमा रातिको समयमा पनि गस्ती बढाएको बर्दिवास प्रहरीले जानकारि दिए।

देशका विभिन्न क्षेत्रमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि पुगेकाहरूको दशै(तिहार मनाउन घर आउजाउ गर्ने क्रम सुरु भएको छ। चाडपर्वमा हुने सम्भावित अपराधिक गतिविधी नियन्त्रण गर्न देशभरमा प्रहरीले आफ्नो सक्रियता बढाएको हो।

विशेष गरी राजमार्ग र शहरी क्षेत्रलाई लक्षित गरेरप्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी वीरेन्द्र थापा बताउँछन्।

‘बर्दिवास इलाका मातहतमा लामो दुरीको राजमार्ग पर्छ। राजमार्ग क्षेत्रमा हुनसक्ने लुटपाटजस्ता सम्भावित घटनालाई नियन्त्रण गर्न पनि त्यस क्षेत्रमा बाक्लो उपस्थितीमा जनशक्ति परिचालन गरेका छौं,’ डिएसपी थापा भन्छन् ‘ट्राफिक प्रहरीसँगको समन्वयमा मापसे र सवारी चेकजाँचमा पनि कडाई गरिएको छ।’

प्रहरीले बर्दिवास चोकलाई सिसिटिभी क्यामराले पनि निगरानी गरिरहेको उनको भनाइ छ। विग्रिएको अवस्थामा रहेको क्यामरालाई मर्मत गराएर पुनः सूचारु गरिएको उनी बताउँछन्।

बर्दिवास चोकको विभिन्न ठाउँमा गरी ८ वटा क्यामरा जडान गरिएको छ। त्यसबाट पनि हामीले निगरानी गरिरहेका छौं। बढ्दो बेरोजगारीका कारण चोरी बढ्न सक्ने तर्फ प्रहरी सचेत र सजग छ,’ अन्नपूर्णसँगको कुराकानीमा डिएसपी थापाले भने।

बर्दिवासमा २५ सयभन्दा बढी व्यवसायीहरु छन्। १६ वटा कमर्सियल बैंकसहित दजनौं वित्तिय संस्थाहरु रहेका छ। बजार क्षेत्रमा २१ वटा सुन पसल सञ्चालनमा छन्। यी सबैमाथि सुरक्षा निगरानी बढाएको प्रहरीको भनाइ छ।

सुरक्षा व्यवस्था चुस्त राख्नका लागि सादा पोशाकको प्रहरी पनि खटाइएको डिएसपी थापाले बताए। इलाका प्रहरी कार्यालय बर्दिवासको मातहतमा ७५ जनाको दरबन्दी रहेको छ। चाडपर्वलाई लक्षित गरेर एउटा गाडी र थप १७ जनशक्ति माग गरिएको डिएसपी थापा सुनाउँछन्।

यता ट्राफिक प्रहरी कार्यालय महोत्तरीले पनि जिल्लामा चाडपर्व सुरक्षा योजना लागु गरेको छ। सोही योजनाअन्तगर्त जिल्लाको विभिन्न ४ ठाउँमा नागरिक सहायता कक्ष सञ्चालनामा ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी निरिक्षक राजुप्रसाद ढकालले बताए। उनका अनुसार बर्दिवास, माइस्थान, गौशाला र जलेश्वरमा नागरिक सहायता कक्ष सञ्चालनामा ल्याइएको हो। 

नागरिक सहायता कक्षबाट स्वास्थ्य सुरक्षा सावधानीसँगै, ठगिएका यात्रु, सामान हराएका, टिकट नपाएका, पकेट मारिएका, बढी भाडा लिएका, टिकट काटेरपनि सिट नपाएका, अलपत्र परेका यात्रुहरुलाई सहयोग गरिने ट्राफिक प्रमुख ढकालको भनाइ छ।

चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरि सवारी चलाउनेको संख्या बढ्ने र दुर्घटना हुन सक्ने भन्दै प्रहरीले दिउँसोको समयमा पनि मापसे चेकजाँचमा कडाई गरिएको उनले बताए।

प्रहरीको शान्ति सुरक्षाप्रति स्थानीय व्यवसायी सन्तुष्ट रहेको बर्दिवास उद्योग वाणिज्य संघका महासचिव भवनाथ खतिवडा बताउँछन् । 

‘बजार क्षेत्रमा चोरी, डकैती, लुटपाटजस्ता घटना देखिएको छैन। सम्भावित त्यस्ता घटना हुन नदिन पनि प्रहरीसंग हामी निरन्तर कोर्डिनेसन गरिरहेका छौं,’ खतिवडाले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.