गौशाला दर्पण ​विमोचन

गौशाला दर्पण ​विमोचन

महोत्तरी : सामाजिक, साँस्कृतिक र विकासमा आधारित भई अनुसन्धानात्मक रुपमा तयार पारिएको गौशाला दर्पण नामक पुस्तक विमोचन गरिएको छ। आईतबार स्थानीय कभर्ड हलमा आयोजित एक समारोहकाबीच पूर्वमन्त्री गिरीराजमणि पोखरेलले सो पुस्तकको विमोचन गरेका हुन्। 

गौशाला नगरपालिकाको आर्थिक सहयोगमा तयार पारिएको सो पुस्तकमा पालिकाभरिको विविध विषयवस्तुलाई समेटिएको छ। विभिन्न जातजाती र भाषाभाषीको मौलिक संस्कृतिहरु सबै समक्ष बुझाउनका निम्ति यस पुस्तकले अहम भुमिका निर्वाह गर्ने पूर्वमन्त्री पोखरेलले बताए। उनले भने, ‘यहाँको परम्परागत एवम् प्राकृतिक संस्कृतिको धरोहर क्रमिक रुपमा समाजबाट विलिन अवस्थामा रहेको छ। गाईको ईतिहाससँग सम्बन्ध गाँसिएको यस गौशालालाई अझ नव, हरित अनि समृद्धको रुपमा रुपान्तरित गर्न आवश्यक छ। जसको निम्ति हरेकपक्षले समयमै आवश्यक कदम उठाऔं।’ 

गौशाला नगरपालिकाको आर्थिक सहयोगमा तयार पारिएको पुस्तकको प्रकाशन तराई मधेश साँस्कृतिक अनुसन्धान प्रतिष्ठान वर्दिवासले गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.