दसैं आयो, स्वस्थ खसी कसरी छान्ने ? (फोटोफिचर)
काठमाडौं : सरकारले शनिबारदेखि काठमाडौंमा दसैंका लागि खसी बोकाको बिक्री सुरु गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैंका लागि सुपथ मूल्यमा खसीबोकाको बिक्री सुरु गरेको हो ।
थापाथलीमा रहेको खाद्य कम्पनीले प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकेर विक्री वितरण गरिरहेको छ। सरकारीस्तरमा सुपथमूल्य पसलमा मात्रै नभइ निजी व्यापारीको खसी बजारमा पनि भीड बढ्न थालेको छ। दसैंको समयमा खसीको मासुको खपत बढी हुने भएकाले व्यापारीहरुले विभिन्न स्थानबाट उपत्यकामा खसी भित्र्याउन थालेका छन्।_20211009094450.jpg)
शुद्ध र स्वस्थ मासुका लागि सिङमा हरियो चिन्ह भएका खसीबोका मात्र खरिद गर्न सरकारले सुझाव दिएको छ। पशु सेवा विभागले स्वस्थ खसी बोकाको सिङमा ‘हरियो’र अस्वस्थलाई ‘रातो’चिन्ह लगाएर मात्र बजारमा पठाउने अभियान सुरु गरेको छ।
पशु चिकित्सकले खसीबोकाको बाहिरी क्षेत्र नाक र मुखबाट सिँगान र र्याल बगेको, मलद्वारबाट पातलो दिसा भएर शरीरको पछाडिको भागमा यत्रतत्र टाँसिएको, चोटपटक लागेर वा संक्रमण रोगबाट कानमा घाउ भएको वा रगत बगेको, शरीरको तापक्रम पहिचान गरी हरियो र रातो रङ प्रदान गर्नेछन्।_20211009094451.jpg)
मासु व्यवसायीहरुले दसैंका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन्। राष्ट्रिय मासु व्यवसायी संघले फुलपातीका दिनदेखि लागू हुने गरी काठमाडौं उपत्यकासहित देशभर खसी, बोका, कुखुरा र राँगाको मासुको मूल्य निर्धारण गरिएको हो। चाडपर्वको मौका छोपी आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैंका लागि मासुको गुणस्तर, मूल्य र सरसफाइमा ध्यान दिन निर्देशन दिएको थियो।
आन्द्राभुडी राखिएको खसीको मासु प्रतिकिलो रु एक हजार, बोसो राखिएकाको रु एक हजार २०० र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार)को मूल्य रु एक हजार ३०० निर्धारण गरिएको हो। यस्तै कुखुराको मासु प्रतिकिलो रु ३०० तथा राँगा र बङ्गुरको मासु रु पाँच/पाँच सय तोकिएको छ। _20211009094452.jpg)
_20211009094452.jpg)
_20211009094452.jpg)
_20211009094452.jpg)
_20211009094451.jpg)
_20211009094451.jpg)
_20211009094451.jpg)
प्रतिक्रिया दिनुहोस !