दशैंको चहलपहल बढ्यो, व्यापार बढेन

दशैंको चहलपहल बढ्यो, व्यापार बढेन

ढल्केवर : दशैं शुरु भएसँगै बजारमा चहलपहल बढेको छ। महोत्तरीको प्रमुख व्यापारिक केन्द्र बर्दिबास, जलेश्वर, गौशालामा दशैंको चहलपहल ह्वात्तै बढेको देखिन्छ।

कोरोना महामारीले थलिएको बजारमा दशैंको चहलपहल बढेपनि किनमेल गर्ने ग्राहकमा उत्साह भने नदेखिएको व्यवसायीहरु बताउँछन्। महामारीले निम्त्याएको बढ्दो बेरोजगारी र आर्थिक अभावका कारण उपभोक्तामा चाडपर्वको खासै प्रभाव नपरेको बर्दिवास नगरपालिका-७ किसान नगरका श्यामकुमार महतोको बुझाई छ।

‘सडकमा चहलपहल बढेको छ। बजार क्षेत्रमा चहलपहल भएको जस्तो व्यापार छैन। दशैंमा व्यापार बढ्ने ठुलो आशा थियो,’ स्थानीय खाद्यान्न व्यवसायी रामचन्द्र ठाकुर भन्छन्,‘तर त्यसो भएन।’

कोरोना महामारी अघिका वर्षहरुमा यतिबेला लत्ता कपडा, सुन चाँदी, खाद्यान्न किनमेल गर्नेको भीड हुन्थ्यो। चाडपर्वमा ग्राहकसँगै व्यवसायीहरु पनि उत्साहित हुन्थे। तर यो वर्ष पसलमा फाट्टफुट्ट मात्रै ग्राहक आउने गरेको नेपाल सुन चाँदी व्यवसायी संघ महोत्तरीका अध्यक्ष समेत रहेका बर्दिवासका सुन चाँदी व्यवसायी शम्भु प्रसाद साहले बताए। 

कोरोनाले थला परेका व्यवसाय अहिलेसम्म उठ्न नसकेको उनको भनाई छ। ‘चाडपर्वको कारण व्यापार व्यवसायमा थौरे सुधार आएको छ। धेरैजसो व्यवसायीहरुलाई अहिले पनि घरभाडा र बैंक ब्याज तिर्न धौधौ भइरहेको अवस्था छ,’उनले थपे।

कोरोना भाइरसको सबैभन्दा बढी मारमा होटल व्यवसाय परेका छन्। लामो समयसम्म होटल क्षेत्र ठप्प रह्यो। महामारीकाबेला आर्थिक संकट थेग्न नसकेका व्यवसायी पलायन भए। चाडपर्वमा व्यवसाय लयमा फर्कने अधिकांश होटेल व्यवसायीको अपेक्षा थियो। तर अपेक्षा अनुसारको व्यवसाय नभएको होटेल व्यवसायी सुदिप कार्कीले बताए। दशैं अघिको तुलनामा अहिले होटेल क्षेत्रको व्यवसायमा केहि वृद्धि भएको छ,उनले भने। 

‘कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी नै छ। संक्रमणको त्रास पनि कम हुँदैछ। अब लकडाउन गर्न हुँदैन,’होटेल तथा पर्यटन व्यवसाय संघ महोत्तरीका अध्यक्ष समेत रहेका कार्कीले भने, ‘व्यवसायमा सुधार आउँछ। आश अझै मरेको छैन।’

यता बर्दिबास उद्योग वाणिज्य संघका महासचिव भवनाथ खतिवडाले दशैंले व्यवसायीलाई थोरै भएपनि राहत भएको बताए। ‘दशैले बजारमा चहलपहल बढेसँगै किनमेल गर्नेको संख्यामा वृद्धि भएको छ। महामारीका कारण थलिएको बजार व्यवसायमा चाडपर्वले आश पलाएको छ,’खतिवडाले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.