गृहजिल्लामा कार्यकर्ता फकाउँदै निधि

गृहजिल्लामा कार्यकर्ता फकाउँदै निधि

ढल्केवर : नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले कार्यकर्ता फकाउन थालेका छन्।

केही दिन अघिमात्रै मधेस झरेका निधिले महाधिवेशनमा सभापति पदमा आफूलाई सहयोग गर्न कार्यकर्तालाई रिझाउने प्रयास थालेका हुन्।

धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ का प्रत्यासी समेत रहेका निधिले महाधिवेशनको मुखमा आफ्नो गृहजिल्लामा दसैं, दीपावली तथा छठपर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीब्रता दिएका छन्।

मंगलबार पूर्वनिर्धारित कार्यक्रम अनुसार निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस नेतृत्वको लागि आफ्नो विकल्प नरहेको जिकीर गरे। 

यसअघिको १३ औं महाधिवेशनमा आफूले देउवालाई सहयोग गरेकोले आसन्न १४ औं महाधिवेशनमा सभापति पदमा आफूलाई साथ—सहयोग र समर्थन गर्न सभापति देउवालाई आग्रह गरिसकेको निधिले आफ्ना कार्यकर्ताहरुलाई सुनाए।

आफूलाई सहयोग गर्न सबै नेताहरु सकारात्मक रहेको उनले बताए। हिमाल, पहाड र तराईवासीबीचको भावनात्मक सम्बन्ध जोड्न पनि सभापति पदमा उम्मेदवारी दिन लागेको उनको भनाइ थियो।

महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न समेत कार्यकर्ताहरुलाई उनले आग्रह गरे। ‘म सभापतिमा उम्मेदवारी दिँदैछु। मलाई सबैको सहयोग चाहिएको छ। पहाडका साथीहरुले पनि पूर्ण सहयोगको विश्वास दिलाउनुभएको छ। यसपछि मेरो अवसर आउँदैन। अबको पाँच वर्षपछि हुने १५ औं महाधिवेशनमा विश्वप्रकाश शर्मा, गगन थापालगायतका युवा पुस्ताहरुले काँग्रेसको नेतृत्व गर्नेछन्’, कार्यकर्तालाई सम्बोधन गर्दै निधिले भने।

उपसभापति निधिले वडादेखि प्रदेश तहको सबै अधिवेशन सहमतिमा गर्न समेत पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.