राजदेवी मन्दिरमा १४ हजार २४१ बोकाको बली दिइयो

राजदेवी मन्दिरमा १४ हजार २४१ बोकाको बली दिइयो

ढल्केवर : जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यसवर्ष १४ हजारभन्दा बढी बोकाको बली दिइएको छ।

बुधबार राति ८ देखि बिहिबार बिहान साढे ३ बजेसम्म चलेको बोका बलीमा १४ हजार २४१ बोकाको बली दिइएको हो।

त्रेता युगमा मिथिलाका राजा जनकका कूलदेवता भनिएको राजदेवी मन्दिरमा हरेक वर्ष दसैंको महाअष्टमी तिथिको राति बोका बली दिइँदै आएको छ।

२०७६ मा १४ हजार ६ सय ३३ बोका बली दिइएको थियो। वर्षमा एकपटक मात्रै बोका बली दिइँदै आएको राजदेवी मन्दिरमा अघिल्लो वर्ष कोरोना महामारीका कारण बोका बलीको संख्यामा कमी आएको थियो। गत वर्ष ८ हजार ९६८ बोकाको बली दिइएको थियो।

कोरोनाको ग्राफ ओरालो लागेर अवस्था सामान्य भएपछि यो वर्ष पुनः बोका बलीको संख्यामा वृद्धि भएको हो। राजदेवी मन्दिरमा बोका बली प्रदान गर्नका लागि नेपालका साथै छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट श्रद्धालुहरु आउने गरेका छन्।

बोका बलीका लागि यसवर्ष ४ वटा ठेहा राखिएको थियो। स्थानीय महावीर युवा कमिटीका अनुसार प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित थिए। बली प्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन सयौँको संख्यामा स्वयंसेवक परिचालन गरिएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.