जनकपुरमा रावण वध गरियो

जनकपुरमा रावण वध गरियो

महोत्तरी : जनकपुरमा ५२ फिट लम्बाई भएको रावणको मूर्ती निर्माण गरी रावण वध कार्यक्रम सम्पन्न गरिएको छ। शुक्रबार साँझ विजया दशमीको अवसर पारेर स्थानीय धनुषसागर र गंगासागर तलाउको बीचमा रावण वध कार्यक्रम सम्पन्न गरिएको हो। 

राममन्दिरका पुजारी राम गिरीले धनुषमार्फत रावणको पुतला उपर वाण प्रहार गरी रावण वध गरिएको हो। सो क्रममा दर्शक एवम् भक्तजनहरुको अत्यधिक मात्रामा भीड लागेको थियो। भीडलाई नियन्त्रण गर्नका लागि आवश्यक मात्रामा सुरक्षाव्यवस्थाको प्रबन्ध गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

त्रेता युगमा दशमीकै दिन भगवान रामले असुरी प्रवृत्तिका रावणलाई वध गरी धर्म स्थापना गरेको पौराणिक धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ। सोही आधारमा सीता माताको जन्मस्थल जनकपुरधाममा विजयादशमीका दिन रामवण वध गर्दै आइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.