अछाममा बुढीगंगा आसपासको क्षेत्र डुबानमा

अछाममा बुढीगंगा आसपासको क्षेत्र डुबानमा

अछाम : लगातार ३ दिनसम्म परेको अबिरल वर्षाका कारण अछामको जनजीवन अस्तव्यस्त बनेको छ । वर्षाका कारण जिल्लामा सडक, सञ्चार र विधुत सेवा अवरुद्ध बनेको छ। एनसेन बाहेक अन्य सञ्चार सेवा अवरुद्ध भएका छन् । बुढीगंगा नदीमा आएको बाढीले आसपासको क्षेत्र डुबान परेको छ । कार्तिकमा यसरी नसोचेकै बाढी आएको बुढीगंगा नदी किनारका स्थानीय भ्युलादेवी दमाईले बताइन् ।

नदीमा बाढी आएपछि कार्तिक एक गते राति स्थानीयको भागाभाग मच्चिएको उनले बताइन् । साँफेबगरमा दुईवटा पसलमा पूर्णरुपमा क्षति पुगेको छ । वर्षाले पाकेको धान खेतीमा समेत क्षति पुर्‍याएको छ । किसानले राम्रोसँग खेत समेत भित्र्याउन पाएका छैनन् । काटेर सुकाउन राखेको धानबाली समेत खेतमा तैरिएका छन् । जिल्लाका ग्रामीण सडक समेत वर्षाका कारण अवरुद्ध बनेका छन् ।

साँफे मंगलसेन सडकका विभिन्न ठाउँमा पहिरो गएको छ। चौखुट्टेमा पहिरो गएका कारण यातायातका साधनहरु त्यहि रोकिएका छन् । सञ्चार सेवा बन्द भएका कारण जिल्लामा वर्षाले पुर्‍याएको क्षतिको विवरण थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख सुरेन्द्र जोशीले बताए ।

उनले भने,‘जिल्लामा कहाँ कति के क्षति भयो भन्ने विवरण आउन समय लाग्छ, सडक, विधुत, टेलिफोन सेवा ठप्प छ, विभिन्न जोखिम युक्त ठाउँहरुमा प्रहरी खटिएको छ।' साँफे मंगलसेन,साँफे मार्तडी सडकखण्डको देउझालमा सडक भाँसिएको छ। आज मौसममा केहि सुधार आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.