२२ घण्टापछि कोशी राजमार्ग सुचारु (फोटोफिचर)
धनकुटा : लेउती खोलाले बगाएको कोशी राजमार्ग २२ घण्टापछि पुनः सुचारु भएको छ । सडक डिभिजन, जिल्ला प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेनाको संक्रियतामा १:३० बजेदेखि राजमार्ग अस्थायी रुपमा सुचारु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए ।
उनका अनुसार स्काइभेटरले तत्कालका लागि अस्थायी बाटो बनाइएको हो। लेउती खोलाको बाढीले मंगलबार दिउँसो ४ बजे साँगुरीगढी गाउँपालिका वडा नं. ६ फेदिमा करिब ५० मिटर सडक बगाएको थियो।
धरानदेखि कोशी पहाडी तथा कोशी पहाडदेखि धरान झरेका सयौं साना ठूला गाडी अलपत्र परेका थिए। त्यो क्षेत्रमा अहिले पनि अविरल रुपमा वर्षा भइरहेको छ। खोलामा बालुवा र माटोको लेदोसहितको बाढी अहिले आइरहेको छ। चारवटा स्काइभेटर परिचान गरिएको छ।



प्रतिक्रिया दिनुहोस !