बढ्न थाले पर्यटक

बढ्न थाले पर्यटक

काठमाडौं : विदेशी नागरिकका लागि नेपाल खुल्ला भएपछि पर्यटक बढ्न थालेका छन्। हाल दैनिक पाँच सयको हाराहारीमा विदेशीहरू नेपाल आइरहेका छन्। अघिल्लो महिनामा यो संख्या करिब तीन सयको हाराहारीमा थियो। झन्डै १७ महिनापछि गत सेप्टेम्बर २१ बाट सरकारले नेपाल आउने ढोका खुला गरेको थियो।  

अध्यागमन विभागका अनुसार हालसम्म हवाई मार्गबाट ८ हजार ५ सय २२ विदेशी नेपाल आएका छन्। त्यसमा भारतीय पर्यटक समावेश छैनन्। सोही अवधिमा ४ हजार ६ सय ४९ भारतीय हवाई मार्गबाट नेपाल आएका छन्। यही अक्टोबरमा ६६ हजार पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालले जानकारी दिए।

सेप्टेम्बरमा ९ हजार ८ सय ९८ जना विदेशी नागरिक नेपाल आएका छन्। सन् २०२० को सेप्टेम्बरमा ५ सय ८४ जना आएका थिए। 

हालसम्म एक तिहाइ जनताले खोप लगाएका, पर्यटनमा आबद्ध ९० प्रतिशतले डोज पूरा गरेका, पर्यटकप्रतिको लचिलो नीतिलगायतका कारण नेपालमा पर्यटक बढ्ने आशा गरिएको छ। २०७८ चैतसम्म सबै नेपालीलाई कोभिडविरुद्धको खोप लगाइसक्ने सरकारको घोषणाले पनि सकारात्मक भूमिका खेलेको छ। नेपाल आउने विदेशीको दर बढे पनि अन्तर्राष्ट्रिय उडानमा भने खासै चाप नपरेको नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले बताए। हाल दैनिक करिब ८ अन्तर्राष्ट्रिय जहाजहरूले नेपालमा उडान भर्दै आएका छन्। कोभिड अघि करिब २८ कम्पनीहरूले नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने गर्थे। 

पर्यटकलाई ससर्त आउन दिने निर्णय कार्यान्वयन गर्न पर्यटन मन्त्रालयले यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरिसकेको छ। उक्त आदेशले पूरा डोज खोप लगाएकाहरूले क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्थासँगै खोपको मात्रा पूरा गरेको १४ दिनको प्रमाण र चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको पीसीआर परीक्षणको रिपोर्ट भने अनिवार्य गरिएको छ। 

खोप नलगाएकाहरू भने आफ्नै खर्चमा १० दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ। ११औं दिनमा कोभिड परीक्षणपछि नेगेटिभ आए गन्तव्यमा जान पाउनेछन्। पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सोसम्बन्धी अनुमतिसमेत देखाउनु पर्नेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.