माओवादी केन्द्रले तोक्यो ३२ विभाग, कसलाई के जिम्मेवारी ?
![माओवादी केन्द्रले तोक्यो ३२ विभाग, कसलाई के जिम्मेवारी ?](https://annapurnapost.prixacdn.net/media/albums/maobadi-party_20211021065749_wB4DvOlvEa.jpg)
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पार्टीका विभागलाई पूर्णता दिएको छ । माओवादीको बिहीबार बसेको स्थायी कमिटी बैठकले ३२ विभागको पूर्णता दिएको हो ।जसअन्तर्गत अर्थ तथा योजना विभागमा वर्षमान पुन, संगठन विभागमा जनार्दन शर्मा, विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ, प्रचार तथा प्रकाश विभाग कृष्णबहादुर महरा, उद्योग विभागमा वामदेव क्षेत्री, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उपभोक्ता हित संरक्षण विभागको नेतृत्व मात्रिका यादवले पाएका छन् ।
यस्तै, कोष तथा आर्थिक विभाग प्रमुख डोरप्रसाद उपाध्याय, खानेपानी विभाग विना मगर, जलस्रोत तथा ऊर्जा विभाग लीलामणि पोखरेल, निर्वाचन विभाग खिमलाल देवकोटा, कानुन विभाग मुक्ति प्रधान,पर्यटन विभागमा झक्कुप्रसाद सुवेदी, प्रादेशिक मामिला विभाग-पर्शुराम तामाङ र पार्टी स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई जिम्मेवारी दिइएको छ ।
यस्तै, पुस्तकालय तथ अभिलेख प्रमुख नारायणप्रसाद शर्मा, भौतिक पूर्वाधार विभागमा हरि अधिकारी, युवा तथा खेलकुद विभागमा गणेशमान पुन, राजकीय मामिला विभागमा रेखा शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा, वन तथा वातावरणमा शक्ति बस्नेत, विज्ञान तथा प्रविधि विभागमा गणेश साह, शिक्षा तथा मानवस्रोत विभाग–मायाप्रसाद शर्मा, श्रम तथा रोजगार विभागमा रामेश्वर राय यादव, संघीय संसदीय विभागमा देव गुरुङ, समाज कल्याण विभागमा सत्या पहाडी, सहकारी तथा गरिवी विभागमा धर्मदत्त देवकोटालाई जिम्मेवारी दिइएको छ ।
यस्तै शहरी विकास विभागमा देवेन्द्र पौडेल, सामान्य प्रशासन विभागमा टेकबहादुर बस्नेत, साहित्य तथा कला विभागमा गोपाल ठाकुर, स्थानीय तह विभागमा उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभाग-कल्पना धमला र नीति अध्ययन प्रतिष्ठान–रामचन्द्र झालाई जिम्मेवारी दिइएको छ ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सम्पर्क समिति १७५ सदस्यीय बनाइने जानकारी दिए । सबै विभागहरु ३५ सदस्यीय हुने माओवादी केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)