इन्डियन ओसन कन्फरेन्समा सहभागी हुन परराष्ट्रमन्त्री राणा ओमन प्रस्थान

इन्डियन ओसन कन्फरेन्समा सहभागी हुन परराष्ट्रमन्त्री राणा ओमन प्रस्थान
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज ओमन प्रस्थान गरेकी छन्। आजदेखि फागुन ८ गतेसम्म ओमनको राजधानी मस्कटमा आयोजित ‘आठौं इन्डियन ओसन कन्फरेन्स’मा सहभागी हुन चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री राणा आज त्यसतर्फ प्रस्थान गरेकी हुन्।

उनलाई परराष्ट्र सचिव अमृतबहादुर राई र परराष्ट्रका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए।

उनी ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा त्यसतर्फ गएकी हुन्। सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा (Voyage to New Horizons of Maritime Partnership ) मुख्य विषय राखिएको उक्त सम्मेलनमा मन्त्री राणाले नेपालका तर्फबाट सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

साथै मन्त्री राणाले यस सम्मेलनको वैश्विक ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्ने (Amplifying the Voice of Global South) सम्बन्धी सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा मन्त्री राणाले ओमनका विदेशमन्त्री,ऊर्जा र खनिज मन्त्री एवं अन्य सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । यसैगरी भ्रमणका क्रममा आपसी सहयोगका विभिन्न क्षेत्रहरूका केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ । 

परराष्ट्रमन्त्री राणाले मस्कटमा गल्फ कोअपरेसन काउन्सिल (जिसीसी) मा आबद्ध राष्ट्रहरूमा कार्यरत नेपाली राजदूत र कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गर्ने कार्यक्रम पनि रहेको छ । मन्त्री राणा फागुन ८ गते स्वदेश फर्कने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.