हर्क साम्पाङको प्रश्न : मन्त्री–प्रधानमन्त्रीलाई गाली गरे थुनामा पठाइन्छ, सांसदलाई गाली गर्नेलाई के गर्ने ?

हर्क साम्पाङको प्रश्न : मन्त्री–प्रधानमन्त्रीलाई गाली गरे थुनामा पठाइन्छ, सांसदलाई गाली गर्नेलाई के गर्ने ?
सुन्नुहोस्

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमाका बिषयमा जवाफ दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षको आन्दोलन जारी रहेको भन्दै यस विषयमा रुलिङ गर्न माग गरेका हुन् ।

उनले संसदको नियम एक पक्षले मान्ने र अर्को पक्षले नमान्ने अवस्था आए त्यसले अराजकता निम्त्याउने धारणा राखे । उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई सदनमा नियमित उपस्थित गराउन समेत सभामुखको ध्यानाकर्षण गराए ।

उनले सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई गालीगलौज गरेको आरोपमा एक युवालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाइएको घटनाप्रति आपत्ति जनाए । प्रधानमन्त्री र मन्त्रीहरूलाई गाली गर्दा तत्काल पक्राउ पर्ने तर सांसदहरूलाई ज्यान मार्ने र घर जलाउने धम्की दिँदासम्म कुनै कारबाही नभएकोमा उनले आपत्ति जनाए ।

अध्यक्ष साम्पाङले सडक आश्रित दृष्टिबिहीनहरुको उचित व्यवस्थापन गर्नुपर्ने भन्दै महिनादेखि कम्तीमा १०–१५ जनाबाट सुरु गरेर उनीहरूलाई रोजगारीको प्रबन्ध मिलाउन सरकारलाइ सुझाव दिए । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.