बेनीका सिसिटिभी बेकामे

बेनीका सिसिटिभी बेकामे

बेनी : म्याग्दीको सदरमुकाम बेनी बजारमा जडान गरिएका सिसिटिभी क्यामेरा नियमित मर्मत नहुँदा काम नलाग्ने भएको छ। रोकारवालाको बेवास्ता र विवादका कारण बेनी बजारका विभिन्न चोकमा जडान गरिएको सिसिटिभी क्यामेरा देखाउनका लागि सिमित भएको छ। बिग्रिएर काम गर्न छाडेको डेढ महिना हुँदासम्म मर्मत भएको छैन। बजारका १७ ठाउँमा राखिएको सिटिटिभी क्यामेराको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालयमा छ।

हाल २ वटा मात्र सिसिटिभीले काम गरेको छ। विद्युतका पोलमा राखिएका सिसिटिभी क्यामेरा तार चुडिने, जल्ने, टुट्ने भएर बिग्रिएका हुन्। प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले सिसिटिभी क्यामेराले काम नगर्दा बजार क्षेत्रमा अपराध अनुसन्धान, दुर्घटना न्युनीकरण र बजार व्यवस्थापनमा समस्या भएको बताए। 

‘नगरपालिका, प्रशासन, प्रहरी सहितको बैठकको निर्णय अनुसार उद्योग बाणिज्य संघका अध्यक्षको नेतृत्वमा गत साउनमा मर्मत भएको सिसिटिभी बिग्रीएको डेढ महिना भयो,’ उनले भने ‘प्राविधिकले मर्मत वापतको एक लाख चालिस हजार रुपैयाँ भुक्तानी नपाएर मर्मतलाई निरन्तरता दिन नसकेको गुनासो गर्छन्। सुरक्षासँग सम्बन्धित यस्तो संबेदनशिल विषयमा किन बेवास्ता गरिएको हो?’ 

बेनीमा केही समययता सवारी साधन चोरीका घटना बढेका छन्। सवारी दुर्घटना, चोरी, बजार व्यवस्थापन र निगरानी गर्न प्रहरीलाई सिसिटिभिले सहयोग गरेको थियो। पाँच वर्षअघि म्याग्दी उद्योग बाणिज्य संघको अगुवाइमा बेनीमा सिसिटिभी जडान भएको थियो। सिसिटिभी क्यामेराको सहायताले बजारको विभिन्न चोक र संबेदनशिल क्षेत्रमा भएका गतिविधीलाई निगरानी गरिएको थियो। 

बेनी नगरपालिकाले गत आर्थिक वर्षमा बजारको सिसिटिभी क्यामेरा व्यवस्थापन गर्न एक लाख पचास हजार रुपैयाँ बिनियोजन गरेपनि कार्यान्वयन भएन। वडा, नगरपालिका, उद्योग बाणिज्य संघ र प्रहरी कार्यालय मध्य कसले मर्मत गर्ने भन्ने विवादले गत वर्ष कार्यान्वयन नभएको बजेटलाई यस वर्षपनि निरन्तरता दिएको छ। 

नयाँ आर्थिक वर्षको सुरुमै म्याग्दी उद्योग बाणिज्य संघमार्फत मर्मत गरेर बेनीका सिसिटिभी नियमित सञ्चालन गर्ने सहमति भएको थियो। संघका अध्यक्ष बेलबहादुर कटुवालले सहमति अनुसार प्रहरीको सहयोगमा प्राविधिक खगेन्द्र खत्रीले बजारका सबै सिसिटिभी क्यामेरा मर्मत गरेर सञ्चालन गरेका थिए। 

‘प्राविधिकले काम गरेको भुक्तानी पाएपछि बिग्रिएको सिसिटिभी मर्मत गर्ने प्रतिवद्धता जनाएका छन्,’ उनले भने ‘सिसिटिभी नियमित मर्मत र सञ्चालन गर्ने जिम्मेवारी स्पष्ट नहुँदा समस्या भएको हो।’

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले वडा कार्यालय र उद्योग बाणिज्य संघले जिम्मेवार भएर काम नगरेकाले सिसिटिभी मर्मत र सञ्चालनमा समस्या देखिएको बताए।  

‘नगरपालिकाले प्राविधिकसँग गरेको सम्झौता अनुसार कामको मुल्याङ्कन र बिलको आधारमा भुक्तानी दिन्छ,’ उनले भने ‘एकै ठाउँमा राखेर छलफल गर्न खोज्दा नआउने उहाँहरुबीचको स्वार्थले सिर्जना गरेको समस्यामा नगरपालिकालाई दोष दिएर जिम्मेवारी र दायित्वबाट पन्छिन मिल्दैन।’

सम्झौता अनुसार प्राविधिक मूल्याङ्कन गरेर भुक्तानीको प्रक्रिया अघि बढाउन कर्मचारी तथा सिसिटिभी मर्मत गर्न जिम्मा लिएका प्राबिधिकलाई निर्देशन दिएको नगर प्रमुख श्रेष्ठले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.