५० करोड लगानीमा ‘होटल गोरखा गार्डेन’

५० करोड लगानीमा ‘होटल गोरखा गार्डेन’

गोरखा : गोरखामा ५० करोड लगानीमा ‘होटल गोरखा गार्डेन’ निर्माण भएको छ। ठूलो लगानीमा ‘थ्री स्टार’ स्तरको होटल निर्माण गरिएको गोरखामा यो पहिलो पटक हो। 

भरतपुर गार्डेनको शृंखलाको रूपमा गोरखा गार्डेन होटल निर्माण गरिएको गोरखा गार्डेन होटल प्रालिका अध्यक्ष ऋषिराम पौडेलले बताए। ‘भरतपुर गार्डेन रिसोर्टको ६० प्रतिशत र गोरखा र चितवनका अन्य केही व्यवसायीको गरी ४० प्रतिशत लगानीमा रिसोर्ट तयार भएको छ’, अध्यक्ष पौडेलले भने, ‘नेपालको इतिहासमा गोरखा चर्चित छ। त्यसैले यहाँ राम्रो होटल सञ्चालन भयो भने यहाँको पर्यटन विकासमा योगदान हुन्छ भन्ने ठानेर होटल निर्माण गरेका हौं।’

भरतपुर गार्डेन रिसोर्टका व्यवसायीले गोरखामा होटल सञ्चालन गर्ने योजना २०७२ सालदेखि बनाएका उनले बताए थिए। गोरखनाथ, गोरखकाली, मनकामनाको तीर्थ गर्न, गोरखा दरबार, लिगलिगकोट दरबारलगायतका ऐतिहासिक स्थलको अवलोकन गर्न तथा मनास्लु क्षेत्रको पदयात्रा गर्न आउने पर्यटकलाई होटलले सेवा दिने उनले बताए। स्तरीय सेवा दिने होटल बनेपछि जिल्लामा स्तरीय पर्यटक आउने विश्वास उनले व्यक्त गरे। गोरखा गार्डेन होटलमा ४६ वटा रुम छन्। १ सय २५ जनासम्म होटलले सहज रूपमा राख्न सक्ने प्रालिका अध्यक्ष पौडेलले बताए। दुईवटा स्विट रुम, १० वटा सुपर डिलक्स रुम र ३४ वटा डिलक्स रुम रहेको छ। 

होटलले विदेशी पाहुनालाई केन्द्रित गर्ने र यस क्षेत्रमा हुने ठूला सेमिनार, गोष्ठी सञ्चालकलाई सेवा दिने पनि रणनीति बनाएको छ। ‘चितवन, पोखरा, बन्दीपुर र मनास्लु क्षेत्रमा आउने पर्यटकलाई हामी होटलसम्म एक, दुई रात ल्याउने योजना बनाएका छौं’, अध्यक्ष पौडेलले भने। होटलले ४० प्रतिशत भने आन्तरिक पर्यटकलाई सेवा दिने लक्ष्य लिएको छ। २०७३ फागुनदेखि होटलले प्रक्रिया सुरु गरी निर्माण आरम्भ गरेको थियो। ‘कोभिडका कारण हामीले छिटो काम गर्न सकेनौं’, उनले भने, ‘कोभिडले गर्दा करिब १० करोड लागत बढ्यो। निर्माणका लागि डेढ वर्ष ढिलो हुँदा थपियो।’ 

मंसिर १ गतेदेखि पाहुना राख्न सुरु गर्ने तयारी होटलको छ। औपचारिक शुभारम्भको मिति भने तय हुन बाँकी रहेको प्रालिले जनाएको छ। १५ रोपनी क्षेत्रफलमा रहेको होटलमा गार्डेन, साना ठुला गरी चारवटा हलहरू रहेका छन्। दुई सय जना अट्नेदेखि साना मिटिङ हल पनि होटलमा छन्। बिहे, पार्टीका लागि पनि उपयुक्त हुनेछ। होटल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अहिले आन्तरिक डेकोरेसनको काम भइरहेको अध्यक्ष पौडेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.