झिनियाँ रोटी लोकप्रिय बन्दै

झिनियाँ रोटी लोकप्रिय बन्दै

तानसेन : तिहारको आगमनसँगै पाल्पामा झिनियाँ रोटीको व्यापार बढेको छ। गत वर्ष कोभिड संक्रमणको कारण ठप्प रहेको झिनियाँ टोटीको व्यापार यस वर्ष संक्रमण दर कम भएसँगै उपभोक्ताहरु बजार निस्किएका छन्। यसपछी बजारमा झिनियाँ रोटीको व्यापार बढेको हो।  

तिहारमा रोटीको परिकारलाई शोभायमान बनाउन झिनियाँ रोटी मिसाउने प्रचलन बढेको छ। तिहारको आगमनसँगै तानसेनको गल्लीगल्ली र चोकचोकमा झिनियाँ रोटीले ढाकेको छ। तानसेन बजारमा झिनियाँ रोटी खरिद विक्रि गर्नेहरुको  भिडभाड बढेको छ।  
    

तानसेन बजारमा सबै पसलमा विभिन्न रङ्गका भिनियाँ रोटी राखिएका छन्। रोटीको पर्वको रुपमा परिचित तिहारमा घर घरमा झिनियाँ रोटी नपाके रोटीका परिकार नै अपुरो हुन थालेको छ। तानसेन बजारको नेवारी समुदायमा मात्र बढी चलन चल्तीमा रहेको झिनियाँ टोटी आजकल अन्य समुदायमा पनि लोकप्रिय बन्दै गएको छ। देखिँदा पनी राम्रो, रङ्गी विरङ्गी, पकाउन पनि सजिलो, सबैले रुचाउने भएकोले तिहारमा झिनियाँ रोटी पकाउदै आएको तानसेनकी लक्ष्मी गिरीले बताईन। 

केही घर बस्तीमा मात्र सिमित रहेको झिनियाँ रोटी पछिल्लो समय देशभरी लोकप्रिय बन्दै गएको छ। तिहारको समयमा हरेक नेपालीको घरघरमा सप्तरंगी झिनियाँ रोटी भएन भने रोटीको परिकार नै अपुरो हुने गरेको छ। 

झिनियाँ रोटीको लागी चामल पिसेर मिसिनो पिठो बनाईन्छ, पिठोलाई राम्ररी पकाएर आकर्षणको लागी विभिन्न थरीका खाने रंगहरु मिसाएर हाते मेसिनबाट यो रोटी बनाउने गरिन्छ। पकाउन सजिलो खान मिठो भएकोले पनि झिनियाँ रोटीको लोकप्रियता बढ्दै गएको छ। अन्य समयमा भन्दा तिहारको समयमा झिनियाँ रोटीको व्यापार बढेको छ।  

तानसेन बजारमा ७० रुपैयाँ दर्जनदेखी ५ सय रुपैयाँ दर्जन सम्मका झिनियाँ रोटी विक्रि हुँदै आएका छन्। गत वर्ष कोभिडको संक्रमण दर उच्च रहेकोले झिनियाँ रोटीको व्यापार नभएको तर यस वर्ष व्यापार राम्रै रहेको व्यापारी कल्पना श्रेष्ठले बताईन। 

झिनियाँ  रोटीकै कारण  तानसेनका करीब १ सय घरपरिवारले घरमै बसीबसी रोजगारी पाएका छन्। तानसेनको टक्सार, मखनटोल, भगवतिटोल, लगायतका नेवारी वस्तीमा आम्दानी श्रोत नै झिनियाँ रोटी बनेको छ। झिनियाँ रोटी बनाएर एक परिवारले वार्षिक २ लाख  देखी ५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। 

तानसेन बनाएको झिनियाँ रोटी बुटवल, नारापणगढ, पोखरा, काठमाडौ, सम्म विक्रि हुँदै आएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.