हङकङमा पत्रकार राईको श्रद्धाञ्जलि सभा

हङकङमा पत्रकार राईको श्रद्धाञ्जलि सभा

हङकङ : हङकङमा पत्रकार किसन राईको सामुहिक श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ। गैह्आवाशीय नेपाली संघ (एनआरएनए हङकङ), हङकङ नेपाली महासंघ, नेपाली आदिवासी जनजाति महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाली पत्रकार महासंघ हङकङको संयुक्त आयोजनामा श्रद्धाञ्जलि सभाको आयोजना गरिएको हो। 

सभामा उपस्थित विभिन्न संघसस्थाका प्रतिनिधिले स्वर्गीय राईको समाजप्रतिको योगदानका बारेमा चर्चा गरेका थिए। कानुन व्यावसायी इन्द्र वनेमले पत्रकार तथा समाजसेवी किसन राईसँगको सहकार्य, धरानको घण्टाघर निर्माण र हङकङमा आदिवासी मुलका महावाणिज्यदूत ल्याउन गरेको संयोजकत्वलाई चर्चा गरेका थिए। 

कार्यक्रममा सिएसटिएन प्रमुख रिता गुरुङ, एनआरएनए अध्यक्ष गोकर्ण ढकाल, हङकङ चेम्बर्स अफ कर्मस अध्यक्ष डासुराम पराजुली, हङकङ नेपाली महासंघ अध्यक्ष टंक राना, आदिवासी जनजाति महासंघ हङकङ उपाध्यक्ष कृष्ण लावती, नेपाली पत्रकार महासंघ हङकङ उपाध्यक्ष इन्द्र लक्समले पत्रकार राईको सम्झनामा उनका कार्य, योगदानहरुको स्मरण गरेका थिए। 

हङकङ स्थित नेपाली महावाणिज्यदूत उदयबहादुर राना मगरले पत्रकार राईलाई सम्झँदै भने, 'किसन हङकङमा नेपाली भाषा, साहित्यको उत्थान र श्रीवृद्धिमा निरन्तर लागिरहेका लौहपुरुष थिए। उनलाई नेपाल सरकारले सम्मान स्वरुप जनसेवाश्री पदक दिएको थियो। हङकङेली नेपाली समाजलाई नेपाललाई जोड्न लागी पर्ने निडर पत्रकार राईको असमायिक निधनले सिङ्गो समाज मर्माहत भएको छ।' 

हङकङ जोर्डन स्थित मल्टिकल्चरल एक्टिभिटी सेन्टरमा आयोजित सभालाई पत्रकार देवराज राईले सञ्चालन गरेका थिए। सभा हलमा लाम लागेर स्वर्गीय राईको चीर शान्तिको कामना गर्दै नेपालीहरुले पुष्प गुच्छा अर्पण गरेका थिए। 

स्वर्गीय किसन राई एभरेष्ट खबरका संस्थापक एवंम प्रधान सम्पादक, नेपाल पत्रकार संघ तथा नेपाली आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष, गैरआवाशीय नेपाली संघका केन्द्रीउ सदस्य साथै नेपाल सरकारबाट जनसेवाश्री विभुषण २०७८ र हङकङ सरकारबाट विभुषित भएका थिए। नेपाल बिदा मनाउन गएका राई आफ्ना साथीहरुसँग मध्यपहाडी लोकमार्गको भ्रमणमा थिए। भोजपुर जाने क्रममा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाचिउरी डाँडास्थित पंखु खोलाको भीरबाट लडेर उनको मृत्यु भएको हो।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.