तानसेन बुटवल सडक राती बन्द
तानसेन : सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड राती बन्द गरिएको छ। तानसेन बुटवल सडक खण्डको अधिकांश स्थान बाटो विग्रिएकोले दिउँसो सवारी साधनको भिडभाडले पर्याप्त मात्रामा काम गर्न नपाएकोले निर्माण व्यवसायीको अनुरोधमा रातीको समयमा सडक बन्द गरेको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले बताए।
दोभान सिद्धवावा क्षेत्रमा सडक चौडा तथा मर्मत सम्भारको बन्दन भगवती महेश सत्यवती जेभीले कन्ट्रक्सनले काम गर्दै आएको छ।
२०७८ मंसिर ६ गते सम्मको लागी बेलुका ९ बजेदेखी विहान ५ बजेसम्म सडक मर्मतको लागी एम्वुलेन्स वाहेकका सवारी साधन पूर्ण रुपमा बन्द गरी मर्मतको काम भईरहेको डिभिजन प्रमुख लम्सालले बताए। तानसेन बुटवल सडक खण्डको ४० स्थानभन्दा बढी ठाउँमा पहिरो झरेको, ५ स्थानमा सडक बगाएको, अधिकांश स्थानमा खाल्टाखुल्टीले राजमार्ग ग्रामिण सडक जस्तै धुले र सडकमा पानी बग्दा हिलाम्मे हुने गरेको छ।
एक घण्टामा तानसेन बुटवल सडक खण्डमा एक घण्टामा आवतजावत हुँदै आएकोमा सडकमा परेका खाल्टाखुल्टी पहिरो सडक साँघुरो हुँदा आजकल दुई घन्टा लाग्ने गरेको श्रीनगर यातायात व्यवसायी सेवा कम्पनी प्रा.लि.का कार्यालय प्रमुख भविन्द्र गौतमले बताए।
प्रतिक्रिया दिनुहोस !