दर्शनार्थी बोकेको बोलेरो दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते

दर्शनार्थी बोकेको बोलेरो दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते

ओखलढुंगा : चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिडेका यात्रु बोकेको बोलेरो सोमबार दुर्घटना हुँदा तीन जनाको मत्यु भएको छ। अन्य १४ जना घाइते भएका छन्। सुनकोशी गाउँपालिका- ८ च्यानम हुँदै ककनीतर्फ गएको प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका - ९ को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनामा परि घाइते भएकाहरुको उद्धार गरी अहिले उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए।

घटनामा परि गम्भीर घाइतेहरुलाई भने उपचारका लागि काठमाण्डौं पठाउन हेलिकप्टर झिकाइएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ। बोलेरोमा सुनकोशी गाउँपालिका - ८ च्यानम र सिद्धिचरण नगरपालिका वडा नं. १० रुप्सेका दर्शनार्थी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.