शैल्यशिखर पुजन जात्रा आज

शैल्यशिखर पुजन जात्रा आज

दार्चुला : देशकै सात धाममध्येको एक धाम शैल्यशिखर मल्लिकार्जुनको शिखरमा जिल्लाको सबैभन्दा ठूलो पुजन जात्रा मंगलबार लागेको छ। मालिकार्जुन मन्दिर मडमा लाग्ने जात्राको अघिल्लो त्रयोदशीको मंगलबार शिखर पुजन जात्रा लाग्ने गर्दछ।

पुजन जात्रामा सहभागि हुन भक्तजनहरु सोमबारदेखि नै शिखरतर्फ लागेका छन्। हिन्दू धर्मावलम्बीहरुको आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन सयौंको संख्यामा भक्तजनहरु मालिकार्जुन पुगेका मालिकार्जुन मन्दिर विकास समितिका सचिव जनक सिंह धामीले बताए। 

 विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषहरुले १५ दिन अगाडि देखिनै शुद्ध भएर जाने प्रचलन रहिआएको छ। शिवलिगंको रुपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको मानिन्छ।

मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धाममा प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी तिथि र कात्तिक शुक्ल त्रयोदशी तिथिमा गरी वर्षमा दुई पटक शिखर पुजन जात्रा लाग्ने गर्दछ भने मालिकार्जुन मन्दिरमा कात्तिक शुक्ल चतुर्दशीको दिन वर्षको एक पटक जात्रा लाग्ने गरेको छ।

मंगलबार शिखर जात्रा सम्पन्न भएपछि बुधबार (भोलि) मालिकार्जुन मन्दिर मडको जात्रा सम्पन्न हुने सचीव  धामिले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.