एमसीसीविरुद्ध नेमकिपाको विरोध प्रदर्शन
गोरखाः नेपाल मजदुर किसान पार्टीले मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)को विरोध गर्दै गोरखामा प्रदर्शन गरेको छ।
बिहीबार बिहान गोरखाको हरमटारीबाट निस्केको विरोध जुलुसले बसपार्क, ठूलो आँगन, अस्पताल मार्ग हुँदै गोरखा बजार परिक्रमा गरेको थियो।
जुलुसमा सहभागीहरुले एमसीसी चाहिँदैन, नेपाललाई रणभूमि बनाउन पाइँदैन लगायतका नारा लगाएका थिए। उनीहरुले बसपार्कमा केहीबेर कोणसभा पनि गरेका थिए। जुलुसमा भक्तपुरबाट आएका प्रदर्शनकारीहरु सहभागी थिए।
प्रतिक्रिया दिनुहोस !