दुर्गा प्रसाई पनि एमाले केन्द्रीय सदस्य

दुर्गा प्रसाई पनि एमाले केन्द्रीय सदस्य

काठमाडौं : नेकपा एमालेले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । शनिबारबाट बसेको दोस्रो केन्द्रीय कमिटिको बैठकले प्रसाईलाई केन्द्रीय सदस्य बनाएको हो ।

गत असोज १५ देखि १७ गतेसम्मको विधान महाधिवेशन बेला गोदावरीमा देखिएका प्रसाई कार्तिक ७ गते झापाको विर्तामोडमा भएको भव्य समारोहमा  एमालेमा प्रवेश गरेका थिए।

चितवनमा भएको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बनेर आएका थिए । आफू प्रवेशसँगै अन्य माओवादी नेतालाई पनि उनले एमालेमा प्रवेश गराइरहेका छन् । लामो समय प्रसाई नेकपा माओवादी केन्द्रमा रहे । विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग निकट रहेका प्रसाई एमाले र माओवादी केन्दको एकतादेखि चर्चामा आएका हुन्।

झापाको विर्तामोडमा रहेको बीएण्डबी मेडिकल कलेजलाई सम्बन्धन दिलाउने सिलसिलामा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र गिराजमणी पोखरेलले असहयोग गरेको आरोप प्रसाईले लगाउँदै आएका छन् ।

उनी ओली र प्रचण्डलाई मार्सीको भात खुवाइएपछि भाइरल भएका थिए। झापाको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उम्मेदवारमा उनको चर्चा हुन थालेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.