दलित बस्ती हटाएर माटोखानी सञ्चालन

दलित बस्ती हटाएर माटोखानी सञ्चालन

गोरखा : पालुङटार नगरपालिका ९ खानीगाउँका पाँच घर दलित समुदायको थातथलो उठाएर माटोखानी सञ्चालन गरिएको छ। पशुपति माइनिङ कम्पनी प्रालिले खानीगाउँका पाँचघर दलित परिवारको बास उठाएर सिमेण्ट उद्योगका लागि माटोखानी सञ्चालन गरेको हो।

कम्पनीले ५२ रोपनी जग्गा खरिद गरी बिगत आठवर्षदेखि माटो खानी सञ्चालन गरिरहेको छ। माटोखानीका कारण परियार र नेपाली थरका पाँच घर विस्थापित भएका छन्।

‘२०७० सालमा ५२ रोपनी जग्गा किनेर खानी दर्ता गरी माटो खानी चलाइएको हो’, उनले भने, ‘यहाँबाट लगेको माटो सिमेण्ट उद्योगमा क्लिन्कर बनाउन प्रयोग हुन्छ।’ अर्घाखाँची सिमेण्ट, जगदम्बा सिमेण्ट, शिवम् सिमेण्टहरुले यहाँको माटो किन्ने उनले बताए।

दैनिक छ वटा ट्रिपरले छ खेपभन्दा धेरै माटो ओसार्दा यहाँ प्राकृतिक रुपमा जोखिम बढ्दै गएको स्थानीयबासीको गुनासो छ। ‘यति ठूलो भीर बनेको छ कि, अहिले यहाँ मान्छे जानै डराउँछन्’, स्थानीय नवीन दवाडीले भने, ‘धेरै रुखहरु काटिएका छन्। अग्ला पाखा पखेरा गहिरो खोच बनेको छ। पानी पर्दा लेदो बगेर खतरा बढेको छ।’ वन विनाश भएको भूवनोट परिवर्तन भएको उनले बताए। ‘यति गहिरो खनिएको छ कि, अब त्यहाँ बिरुवा उम्रिने सम्भावना पनि देखिँदैन’, उनले भने।

दलित बस्ती उठे पनि खानी सञ्चालकले दलित समुदायलाई भने धोका दिएका पिडित परिवारको गुनासो छ। ‘पछि तिम्रो जग्गा पनि हामी नै लिने हो भनेर २१ रोपनी जग्गाको माटो खनेर लगे। हामी पनि घर छाडेर अन्यत्रै गएर बस्यौँ तर किनेनन्’, स्थानीय रमेश परियारले भने, ‘खनेर बिग्रिएको जग्गा सम्याइदिन्छौँ भने त्यो पनि सम्याएनन्। दुईतीनफेर सम्याइदिन अनुरोध गरेँ तर एकवर्षदेखि वास्तै गरेका छैनन्।’ माटो झिकेर खण्डहर बनेको जग्गा कम्पनीले पनि नकिनेको, खेती गर्न पनि बेकम्मा भएको उनले बताए। ‘खेती गर्न पनि नमिल्ने, पानी आएको बेलामा जान पनि डरलाग्ने भएको छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.