आगोले जलेर दिदी- बहिनीसहित ३ जनाको मृत्यु

आगोले जलेर दिदी- बहिनीसहित ३ जनाको मृत्यु

मलंगवा : सर्लाहीमा आगोले जलेर दुई बालिका र एक वृद्धसहित तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कबिलासि नगरपालिका ७ सिरसियाका जोगी महरा चमारकी ८ वर्षीया छोरी लक्ष्मी कुमारी र ३ वर्षीया छोरी सोगान्धी कुमारीको मृत्यु भएको हो।

त्यसैगरी, मलंगवा नगरपालिका -६ खुटौनाको ७० वर्षीय वृद्ध नसिर खाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बुधबार राति सवा ९ बजेतिर विद्युत सर्ट भइ आगलागी हुँदा चमारको फुसको कच्ची घरमा आगलागी भएको थियो।

घरमा बस्दै आएकी छोरी लक्ष्मी र सोगान्धी जलेर गम्भीर घाइते भएकी थिइन् । दुबैजनाको जिल्ला अस्पताल मलंगवामा उपचारपछि थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।

समान्य घाइती भएकी चमारकै अर्की छोरी ५ वर्षीय सुधा कुमारीको स्थानीय मेडिकलमा उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ । आगो स्थानीयबासी र प्रहरीको सहयोगमा करिब २५ मिनेटपछि आगो नियन्त्रणमा लिएको थियो ।

आगलगीमा चमारको करिब ५० हजार बराबरको क्षति भएको छ । त्यसैगरी जाडोबाट बच्नका लागि परालको घुर बाली आगो ताप्दै गरेका नासिरको कपडामा एक्कासी आगो सल्किदा ज्यान गएको प्रहरीले जनाएको छ ।

नासिर करिब साढे ११ बजेतिर घरभन्दा ५ सय मिटर पर आगो ताप्न गएका थिए । कपडामा आगो लागेपछि छटपटाउँदै उनी छेउकै नालीमा गएर खसेका थिए । प्रहरीको गस्ती टोलीले नालीमा खसेको अवस्थामा नासिरको उद्धार गरेका थिए ।

आगोले पोलेर गम्भीर घाइते भएका नासिरलाई प्रहरीले उपचारका लागि जिल्ला अस्पताल ल्याएका थिए । उनको उपचारको क्रममा बिहीबार बिहान सवा ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।        


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.