पृथ्वीजयन्तीको दिन गोरखामा सार्वजनिक विदा

पृथ्वीजयन्तीको दिन गोरखामा सार्वजनिक विदा

गोरखा : पृथ्वीजयन्तीको दिनमा गोरखा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । गोरखा नगरकार्यपालिकाको बैठकले पृथ्वी जयन्तीकाको अवसरमा आउँदो पुस २७ गते सार्वजानिक बिदा दिने निर्णय गरेको हो ।

सोमबार सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाको कार्यालयले पृथ्वी जयन्तीका दिन बिदा दिने जनाएको हो ।

‘२०७८ पौष २७ गते मंगलबार यस नगरपालिकाका कार्यालय, वडा कार्यालयहरु, नगरपालिका अन्तरगत स्वास्थ्य संस्थाहरु तथा शैक्षिक संस्थाहरुमा १ दिन सार्वजनिक बिदा हुनेछ’, सो सूचनामा भनिएको छ । नगर कार्यपालिकाको आइतबार सम्पन्न बैठकले सो दिन बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको सम्मान स्वरुप अघिल्ला वर्षहरुमा पनि गोरखा नगरपालिकाल सो दिनमा सार्वजनिक बिदा दिँदै आएको छ । सो दिन गोरखा संग्रहालयमा नगरपालिकाले औपचारिक कार्यक्रमसमेत आयोजना गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.