राष्ट्रियसभा निर्वाचन : लुम्बिनीबाट एमालेको उम्मेदवारी दर्ता
लुम्बिनी : राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले लुम्बिनीबाट उम्मेदवारी दर्ता गराएको छ। दाङका रामदयाल गुप्ता, महिलाबाट भारती खनाल र दलितबाट कृष्णबहादुर सुनारले उम्मेदवारी दर्ता गराएका हुन्।
यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसबाट बाँकेका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका थिए। यस्तै नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्य लक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चा (राजमो) बाट रुपन्देहीका तुलबहादुर विश्वकर्माले उम्मेद्वारी दर्ता गरेका छन्। प्रदेश निर्वाचन कार्यालयमा उनीहरू उम्मेदवारी दिन नेता कार्यकतासहित पुगेका थिए।
रिक्त हुने १९ सदस्यका लागि आगामी माघ १२ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ।