माओवादी केन्द्रको केन्द्रीय समितिमा गोरखाबाट १३ जना
गोरखा : नेकपा माओवादी केन्द्रको हालै सम्पन्न आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा गोरखाबाट १३ जना निर्वाचित भएका छन् । प्रज्ञा भवन कमलादीमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चयन गरेका केन्द्रीय सदस्यहरुमा गोरखाका १३ जनाको नाम घोषणा गरेका हुन् ।
केन्द्रीय सदस्यमा चयन भएका गोरखाका नेताहरुमा नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, हरिराज अधिकारी, परशुराम रम्तेल, लेखनाथ न्यौपाने, कृष्णप्रसाद धिताल, सुशीला सिंखडा, अमर गुरुङ, चूडामणि खड्का, पार्वती थापा, पम्फा बसेल, दुर्गा विक र सोमति गुरुङ रहेका छन ।
प्रतिक्रिया दिनुहोस !