दोस्रो टाइगर कप आमन्त्रित भलिबल प्रतियोगिता

दोस्रो टाइगर कप आमन्त्रित भलिबल प्रतियोगिता

पोखरा : दोस्रो संस्करणको टाईगर कप आमन्त्रित क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ न्यू डायमण्ड स्पोर्टस क्लबले विजयी सुरुवात गरेको छ । न्यू डायमण्डले नेपाल आर्मीलाई ३-१को सेटमा पराजित गरेको हो ।  

न्यू डायमण्डले केही विदेशी खेलाडीका साथ मैदानमा आर्मीलाई खेलमा पहिलो सेटबाट नै दबावमा राख्दै २५–१७, दोश्रो सेट २५–२२ ले जित्दा तेश्रो सेट भने २५–१३ ले गुमाउन पुगेको थियो । तर चौथो सेटमा २५–१७ ले खेलमा फर्किदै डायमण्ड विजयी बन्यो । उक्त खेलमा न्यू डायमण्डकी प्रतिभा माली म्यान अफ दि म्याच भइन् भने आर्मीकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेण्डर भइन् । 

यस्तै एपिएफले आफ्नो चिर परिचित प्रतिद्वन्दी नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो दुई सेट २६–२४ र २५–१८ ले जितेको एफिएफले तेश्रो सेट भने २३–२५ ले गुमाएको थियो ।  चौथो सेटमा एपिएफले २५–२३ ले जित्दै अंक बटुल्न सफल भएको हो ।  खेलमा एपिएफकी सरस्वती चौधरी म्यान अफ दि म्याच भइन् । नेपाल पुलिसकी शान्तीकला तामाङ उत्कृष्ट डिफेण्डर घोषीत भइन् ।  

पुरुषतर्फको प्रतिस्पर्धामा डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले सशस्त्र प्रहरीवल (एपिएफ) क्लवलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–१७ ले जितेको गण्डकीले दोश्रो सेट २५–२२ र तेश्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो । उक्त खेलमा गण्डकीका हिमाल सुनारी मगर म्यान अफ दि म्याच हुँदै नगद ५ हजार हात पारेका छन् भने एफिएफका विनोद चन्द उत्कृष्ट डिफेण्डर घोषित भएका छन् । 

अर्को खेलमा नेपाल पुलिस क्लवले टिप–टप हेल्प नेपाललाई ३–२ ले पराजित गरेको छ । भारतिय ३ जना खेलाडी सम्मिलित हेल्प नेपालले पहिलो सेट २५–१६ ले, दोश्रो सेट ३१–२९ ले जित्दै नेपाल पुलिसलाई दवावमा राखेको थियो । तर नेपाल पुलिसले पछिल्ला तिन सेटमा खेलमा फर्किदै राउण्ड रोविन लिगको पहिलो खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो । पुलिसले तेश्रो, चौथो र पाँचौ सेट २५–१९, २५–२३ र १७–१५ ले जितेको थियो । उक्त खेलमा हेल्प नेपालका भारतिय खेलाडी अमित म्यान अफ दि म्याच र नेपाल पुलिसका  भिम राना मगर उत्कृष्ट डिफेण्डर घोषित भएका छन् ।

राउण्ड रोविन लिगको आधारमा सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता छ । प्रतियोगितामा महिला तर्फ विभागिय टिमहरुमा नेपाल आर्मी क्लव, नेपाल पुलिस र शसस्त्र प्रहरीबल, न्यू डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपाल रहको छ । आयोजकको टिममा नेपाल महिला भलिबलकी क्याप्टेन अरुणा शाहीको नेतृत्वमा श्रीलंकका महिला भलिबलका क्याप्टेन सहित ३ जना खेलाडीहरूको सहभागिता रहेकोछ । त्यस्तै पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टिमहरू नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीवल, टिप टप हेल्प नेपाल स्पोर्टस क्लवको टिम रहेका छन् । 

प्रतियोगिताको उपाधि विजेता महिला/पुरुष उपाधी विजेता टिमलाई समान नगद ३/३ लाख, उपविजेता महिला/पुरुष टिमलाई समान नगद १ लाख ५० हजार, तेश्रो हुने महिला/पुरुष टिमलाई समान नगद  ७५ हजार र सान्त्वना हुने महिला÷पुरुष टिमलाई नगद ३५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । यसै गरी महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीलाई समान नगद रु. २५/२५ हजार तथा हरेक विद्याका उत्कृष्ट खेलाडीहरुलाई नगद जनही नगद १०/१० हजारसहित र ट्रफीद्वारा सम्मान गरिनेछ ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई खेलकुदको हवको रुपमा विकास गर्ने गरी कार्यक्रम ल्याउने बताए । प्रदेशको समृद्धी खेलकुद र पर्यटनको विकास बाटनै सम्भव भएको मन्त्री पोखरेलले बताए । कार्यक्रममा गण्डकी प्रदेशका खेलकुदमन्त्री राजिव गुरुङ लगायतले प्रदेशको खेलकुद विकासमा जोड दिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.