वीरगन्जलाई राजधानी बनाउन माग गर्दै आन्दोलन

वीरगन्जलाई राजधानी बनाउन माग गर्दै आन्दोलन

वीरगन्ज : प्रदेश २ को स्थायी राजधानी वीरगन्जलाई बनाउन माग गर्दै यहाँका राजनीतिक दल र अगुवाहरुले सडक आन्दोलन थालेका छन्। प्रदेश २ को अस्थायी राजधानी अहिले जनकपुर छ। अब स्थायी राजधानी तोक्ने विषयमा प्रदेशसभामा माघ पहिलो साता मतदान हुँदैछ । स्थायी राजधानीका लागि जनकपुर र वीरगन्ज गरेर दुई वटा प्रस्ताव पेश भइसकेको छ। 

त्यसैले प्रदेशको स्थायी राजधानी वीरगन्जलाइ नै बनाउनु पर्ने माग राखेर वीरगन्जमा यहाँका राजनीतिक दल र अगुवाहरुले सडक आन्दोलन थालेका हुन्। यसैक्रममा मङगलबार नेपाली काँग्रेस वीरगन्जलाई नै प्रदेशको राजधानी बनाउन माग गर्दै सडक प्रदर्शन गरेको छ। वीरगन्जको घण्टाघर चोकबाट मङगलबार दिउँसो काँग्रेसले निकालेको दबाब मुलुक जुलुशले माइस्थान, घण्टाघर, आदर्शनगर हुँदै नगरको परिक्रमा गरेको थियो। नगर परिक्रममा पछि घण्टाघरमै पुगेर जुलुश कोणसभामा परिणत भएको थियो। 

कोणसभालाइ सम्बोधन गर्दै काँग्रेसका नेताहरुले भौतिक पूर्वाधार, विकासको सुचांक लगायत हरेक दृष्टिकोणले राजधानीका लागि वीरगन्ज नै उपयुक्त रहेकाले प्रदेशको राजधानी वीरगन्ज नै बन्नु पर्ने माग गरे। 

६ महिने मधेस आन्दोलन र नाकाबन्दीको सबैभन्दा बढी क्षति वीरगन्जले नै भोगेकाले त्यसको प्रतिफल राजधानीका रुपमा अब वीरगन्जले नै पाउनु पर्ने उनीहरुको भनाइ थियो। 

उनीहरुले वीरगन्जलाइ प्रदेशको राजधानी बनाएसम्म आन्दोलन निरन्तर जारी नै उदघोष पनि गरे। प्रदेशसभामा प्रादेशीक राजधानीका लागि वीरगन्जको नाम प्रस्ताव गरेका पर्साका प्रदेशसभा सदस्य राजेश्वर साह तेलीले राजधानीका लागि जनकपुर भन्दा वीरगन्ज हरेक दृष्टिले उपयुक्त रहेकाले वीरगन्जलाइ नै राजधानी बनाउनु पर्ने बताए। 

उनले भने,‘मैले वीरगन्जको नाम प्रस्ताव प्रदेशसभामा पेश गरेको छु, वीरगन्ज नै राजधानी बन्नुपर्छ, जनकपुर हामीलाइ कुनै मान्य हुदैन्। वीरगन्जलाइ राजधानी बनाउनुपर्छ भन्ने पक्षमा पर्सा, बारा, रौतहट र सर्लाहीगरी ४ जिल्लाका प्रदेशसभा सदसस्यहरुको एकमत रहेको दाबी पनि उनले गरे । 

कोणसभालाइ सम्बोधन गर्दै पर्साका अर्का प्रदेशसभा सदस्य शंकर चौधरीले वीरगन्जलाइ प्रादेशीक राजधानी बनाउनका लागि काँग्रेसले वीरगन्जबाट आन्दोलनको विगुल फुकिसकेकाले अब वीरगन्ज नै राजधानी बन्ने ठोकुवा गरे। 

कोणसभालाइ सम्बोधन गर्दै काँग्रेस पर्साका कोषाध्यक्ष इम्तियाज आलमले वीरगन्जलाइ मुख्यमन्त्री होइन राजधानी चाहिएको बताए। उनले भने,‘हुन त अहिले मुख्यमन्त्री वीरगन्जका छन्, तर हामीलाइ मुख्यमन्त्री होइन राजधानी चाहिएको छ, मुख्यमन्त्री पदसंग राजधानी साट्न पाइदैन बरु मुख्यमन्त्री जनकपुरले लिए हुन्छ तर राजधानी भने वीरगन्जलाइ नै बनाउनुपर्छ। 

मधेस आन्दोलनताका मधेसी दलका शीर्ष नेताहरुले वीरगन्जमै आएर राजधानी बनाउने भनेर गरेको भाषणलाई स्मरण गर्दै आलमले भने,‘मधेसी दलका नेताले आफूले नै गरेको वाचा अहिले भुलेका छन्, अब वीरगन्जका जनताले त्यसको हिसाबकिताब गर्ने बेला आइसकेको छ। काँग्रेस नगर कार्यसमिति सभापति भोलाप्रसाद कलवारको अध्यक्षतामा भएको कोणसभामा काँग्रेसका जिल्ला सभापति अजय द्धिवेदी, पूर्वसभापति राजेन्द्रबहादुर अमात्य , काँग्रेस जिल्ला उपसभापतिद्वय दिना गुप्ता र राजु गुप्ता, सचिव किशोरी साह कानु, वीरगन्ज महानगरकी उपप्रमुख शान्ति कार्की, काँग्रेसका क्षेत्रीय सभापतिहरु अरविन्द गुप्ता, महम्मद शाहबुद्धिन लगायतको सहभागीता थियो।  

वीरगन्जलाइ राजधानी बनाउन माग गर्दै यसअघि गत शनिबार पनि लोकतान्त्रिक समाजवादी पार्टीका नेता र प्रदेशसभा सदस्यहरुको अगुवाइमा सडक प्रदर्शन गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.