एमाले संखुवासभा अध्यक्षमा घिमिरे

एमाले संखुवासभा अध्यक्षमा घिमिरे

संखुवासभा: नेकपा (एमाले) संखुवासभाको अध्यक्षमा जितबहादुर घिमिरे सर्वसम्मत चयन भएका छन्। सोमबारबाट खाँदबारीमा सुरु भएको एमालेको आठौं जिल्ला अधिवेशनले बुधबार अध्यक्ष घिमिरे सहितको जिल्ला कमिटी निर्विरोध चयन गरेको निर्वाचन समिति संयोजक भविश्वर गुरुङले जानकारी दिए।

मुख्या पदसहित पदाधिकारीमा आकंक्षी धेरै भएपछि सर्वसहमतिका लागि जिल्ला अधिवेशन एक लम्बिएको थियो। अधिवेशनले जिल्ला कमिटीको उपाध्यक्षमा कृष्ण कुमार तामाङ, सचिवमा खड्ग बहादुर राई र उपसचिवमा वाङदावी भोटे र भरत खड्का सर्वसम्मत निर्वाचित भएका छन्। 

यसअघिका अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव भोटे पुनः सोही पदमा दोहोरिएका हुन्। एमाले विभाजनपछि अध्यक्ष हेमराज घिमिरे नेकपा(एस) मा गएपछि अध्यक्ष जितबहादर एमाले अध्यक्ष भएका थिए। उपसचिव खड्का भने आठौं अधिवेशनको उद्घाटन शत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट एमालेमा प्रवेश गराएका हुन्। खड्का माओवादीबाट चैनपुर नगरपालिका-८ को वडा अध्यक्षमा निर्वाचित भएका थिए। 

अधिवेशनले ९८ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको निर्वाचन समितिले जनाएको छ। ऐमालेले जिल्लाका १० वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.