हिउँले भत्कायो विद्यालय

हिउँले भत्कायो विद्यालय

गोरखा : भारी हिमपातपछि गोरखामा एक विद्यालयको भवन भत्किएको छ। चुमनुब्री गाउँपालिका–७ छेकम्पारको बुद्ध आधारभूत विद्यालयको भवन भत्किएको प्रधानाध्यापक छिरिङफुञ्जो लामाले बताए। ‘पाँचकोठे छात्रवास भवनको छानामाथि चार फिटभन्दा बाक्लो हिउँ जम्यो,’ लामाले भने, ‘लामो समयसम्मको भार धान्न नसकेर भवनको छानो भत्कियो।’ भवन भत्किएपछि छात्रवासमा रहेका विभिन्न सामग्रीहरूमा क्षति पुगेको उनले बताए।

हिमपातपछि विद्यालयमा जाडो बिदा गरिएकाले अन्य क्षति भने नभएको विद्यालयले जनाएको छ। ‘त्यो छात्रवास भवनमा ३० जनाभन्दा धेरै विद्यार्थी बस्थे,’ उनले भने, ‘हिमपात भएपछि विद्यालय बन्द गरियो। होस्टेल पनि बन्द गरियो र ओढ्ने, ओछ्याउने कपडाहरू, किताबहरू चाहिँ विद्यालयका अफिस कोठामा राखिएको थियो। तर, फर्निचरहरूमा क्षति पुगेको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.