सेनाले खनेको सडकमा बस गुडाउन गाउँसभाको निर्णय

सेनाले खनेको सडकमा बस गुडाउन गाउँसभाको निर्णय

गोरखा : नेपाली सेनाले निर्माण गरेको सोती–माछाखोला सडकमा बससेवा सञ्चालन गर्ने धार्चे गाउँपालिकाको  हिउँदे सभाले निर्णय गरेको छ। निर्माण सम्पन्न भएको लामो समयसम्म बससेवा सञ्चालन नहुँदा स्थानीय यात्रुले सास्ती खेप्नुपरेको भन्दै बुधबार सम्पन्न गाउँसभाले मिनिबस सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए।

‘गाउँपालिकाको केन्द्र माछाखोलासम्म सडक निर्माण भएको चारवर्ष भइसक्यो, तर अहिलेसम्म बस सेवा सञ्चालन नहुँदा निजी नम्बरप्लेटका जीप व्यवसायीबाट यात्रुहरुले सास्ती खेप्नुप¥यो भनेर धेरै जनगुनासो आउन थाल्यो’ गाउँपालिकाका अध्यक्ष गुरुङले भने, ‘बस सेवालाई अनुमति दिन जिल्ला प्रशासन कार्यालयमा पनि धेरैपटक अनुरोध गरियो तर सुनुवाइ भएन। गाउँपालिका आफैपनि स्थानीय सरकार त हो भनेर गाउँसभाले निर्णय गरियो। बस व्यवसायीहरुसित पनि छलफल भइसक्यो। अब माघ पहिलो सातादेखि नियमित बस सेवा संचालन हुने भएको छ।’ प्रक्रियाका लागि गाउँसभाको निर्णयको प्रतिलिपि नेपाली सेनाको सडक निर्माण कार्यदललाई पेश गरेको उनले बताए।

रुट पर्मिट नपाएको भन्दै नेपाली सेनाले बस सेवा संचालन गर्न नदिँदा यात्रुहरु १३ किलोमिटर सडकमा पाँचसय रुपैयाँ भाडा तिरेर जीपमा यात्रा गर्न बाध्य थिए। साथै सातजनाको सिट भएको जीपमा २० जनासम्म यात्रु कोचिएर यात्रा गर्न बाध्य थिए। बस सेवा संचालन भएपछि भाडा कमपर्ने र सुरक्षित यात्रा गर्न पाइने भन्दै स्थानीयवासी खुशी भएको गोरखा उद्योग वाणिज्य संघ, माछाखोला बजार इकाइका अध्यक्ष धनकुमार गुरुङको भनाइ छ। 

सो सडक नेपाली सेनाको सडक निर्माण कार्यदलले २०७४ सालमा निर्माण गरेको थियो। तर अर्मलामा रहेको सेनाको ब्यारेकबाट जीप, ट्रक, ट्याक्टर मात्र गुड्न दिने गरे पनि बस भने चल्न दिएको थिएन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.