गोरखाको जीवनज्योति माविका शिक्षकको तलब तीन महिनादेखि रोक्का

गोरखाको जीवनज्योति माविका शिक्षकको तलब तीन महिनादेखि रोक्का

गोरखा : प्रधानाध्यापक र लेखापाललाई सोधिएको स्पष्टिकरणको चित्तबुझ्दो जवाफ नआएको भन्दै पालुङटार नगरपालिकाले वडा नं. ७ च्याङ्लीस्थित जीवनज्योति माध्यमिक विद्यालयका शिक्षक, कर्मचारीहरुको तलब तीन महिनादेखि रोक्का गरेको छ। खाता रोक्का हुँदा त्यहाँ कार्यरत ३२ जना शिक्षक, कर्मचारी तलवभत्ता पाउनबाट बञ्चित भएका छन्।

लामो समयदेखि रोकिएको तलबभन्दा पाउनुपर्ने माग राख्दै शिक्षक, कर्मचारी आन्दोलित भएका छन्। प्रधानाध्यापक बद्रीबहादुर पाण्डेको नेतृत्वमा शिक्षकहरुले बिहिबार खाता फुकुवा गरिदिन माग गर्दै नगरपालिकाको शिक्षा शाखाका प्रमुख बाबुराम काराखेतीलाई ज्ञापन पत्र बुझाएका छन्।

आफ्नो र विद्यालयका सहायक कर्मचारी सुशीला गुरुङको संयुक्त हस्ताक्षरमा सञ्चालित कृषि विकास बैंक ठाँटीपोखरी शाखाको खाता रोक्का भएको प्रअ पाण्डेले बताए। विद्यालयमा करारमा कार्यरत कर्मचारी सुशीला गुरुङको हस्ताक्षर रोक्का गरेर स्थायी कर्मचारीको हस्ताक्षरबाट खाता चलाउन भन्दै नगरपालिकाले खाता रोक्का गरेको जनाएको छ।

उक्त खाता रोक्काहुँदा शिक्षकहरुले कात्तिक मंसीर र पुस महिनाको तलब नपाएको प्रअ पाण्डेले बताए। शिक्षा कार्यालयको परिपत्रलाई बारम्बार अटेरी गरेकाले खाता रोक्का गरिएको शिक्षा शाखाका प्रमुख बाबुराम काराखेतीले बताए। 

गतवर्ष र यो वर्षको नौ महिनासम्मपनि विद्यार्थीलाई दिवा खाजा नखुवाएको, लापारवाहीपूर्वक दशैँको समयमा शिक्षक, कर्मचारीलाई तलब नखुवाएकोे आरोपमा शिक्षा शाखाले प्रअसँग स्पष्टिकरण माग गरेको जनाएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा अध्यक्ष वसन्त श्रेष्ठले करिब नौसय जना विद्यार्थी रहेको विद्यालयमा असार यता व्यवस्थापन समिति गठन गर्न प्रअले चासो नदिएको पनि आरोप लगाएका छन्। ‘विद्यालयमा धेरै समस्या छन्। प्रधानाध्यापक चर्को राजनीति गर्नुहुन्छ तर विद्यालयको समस्या समाधान गर्न चासो दिनुहुन्न’, उनले भने, ‘गतवर्ष विद्यार्थीलाई दिवा खाजा नखुवाएर बजेट फिर्ता गर्नुभयो। यसवर्ष पनि अहिलेसम्म विद्यार्थीलाई दिवा खाजा खुवाउनुभएको छैन। समयमै सामाजिक लेखा परीक्षण, सार्वजनिक लेखा परीक्षण गर्नुहुन्न। अझै दुई वर्षको अडिट गर्न बाँकी छ। बाहिर धेरै हिड्ने तर विद्यालयको काम समयमै नगर्ने उहाँको बानी छ। हिसाबकिताब पारदर्शी छैनन्। स्थायी कर्मचारी हुँदाहुँदै करारमा कर्मचारी राखेर आर्थिक अधिकारसहित खाता सञ्चालन गर्नुभएको छ।’ वडा र नगर शिक्षाको नीति निर्देशन अवज्ञा गर्ने, बाह्य शक्तिको धाकधम्की लगाउने जस्ता आरोप अध्यक्ष श्रेष्ठले प्रधानाध्यापक पाण्डेमाथि लगाए। नगर शिक्षा कार्यालयले बारम्बार स्पष्टिकरण सोध्दा पनि चित्तबुझ्दो जवाफ नदिई बाह्यशक्ति प्रयोग गरेको अध्यक्ष श्रेष्ठले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.