बाबा छोरीको स्वरमा ‘नाचन माया’ (भीडीयो)

बाबा छोरीको स्वरमा ‘नाचन माया’ (भीडीयो)

हङकङ : हङकङलाई कर्मथलो बनाएका नेपाली उस्ताज कृष्णभक्त महर्जन र छोरी सोनम महर्जनले संयुक्तरुपमा गाएको गीत नाचन माया सार्वजनिक भएको छ ।

गीतमा रचना र संगित स्वयंम महर्जनले गरेका छन् भने एरेन्ज हरिशरण सायमीको रहेको छ ।

गीतको थिम अनुसार डान्सिङ बिटमा भिडियो तयार गरिएको छ । भिडियोमा बिजु पार्की र कविता नेपालीको डान्स देख्न सकिन्छ । सोनम पार्खिमको निर्देशनमा सार्वजनिक भिडियो पवन सुसलिङले खिचेका हुन, भने प्रमोद भण्डारीको कोरियाग्राफी रहेको छ ।

भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलमा रिलिज गरिएको छ । हङकङलाई कर्मथलो बनाएका गायक तथा संगितकार कृष्णभक्तले दुई दर्जन गीतमा स्वर र संगित भरिसकेका छन् । नेपाली भाषा र संगितलाई पारिवारिकरुपमै अघि बढाईरहेका उनको छोरी, श्रीमती र छोरा संगित क्षेत्रमा छन् ।

संगितको उर्जा र मोहले निरन्तर नयाँ श्रृजना गर्ने रहर जागृत हुने महर्जन बताउँछन् ।   
भीडीयो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.